२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ०३, २०७७

न्यूजमधेश सम्बादाता
उदयपुर ,३ पुस । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।

प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको उदयपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताउनुभयो । पिडीत बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराइएको पनि प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]