२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

रौतहटमा कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित युवक पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ०३, २०७७

न्यूजमधेश सम्बादाता
रौतहट ,३ पुस । कटुवा पेस्तोल र सोमा लागने एक राउण्ड गोली सहित रौतहट बाट एक युवक बिहिवार साझ पक्राउ परेका छन् ।

कटुवा पेस्तोल र गोली सहित पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा नम्बर ४ वस्ने २५ वर्षका दिलिप साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको अधारमा खटिएको प्रहरी गस्ती टोलीले दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ झाँजपुलस्थित चेकजाँच गर्ने क्रममा साहलाई पेस्तोल र गोलिसहित पक्राउ गरेको हो ।

बीआर ३० एम ४८४१ नम्बरको भारतीय मोटरसाईकलमा सवार साहले कम्मरमा लुकाइ राखेको अवस्थामा अवस्थामा थ्री फिफटि कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

हतियारसहित पक्राउ परेका साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]