०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

रामजानकी विवाह महोत्सव : मटकोर सम्पन्न

Logo
प्रकाशित शुक्रबार, पुष ०३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,३ पुस। रामजानकी विवाह महोत्सव अन्तर्गत आज पाँचौदिन मटकोर विधि सम्पत्र भएको छ। मिथिला परम्परा अनुसार विवाहपूर्व मनाइने मटकोर विधि गरिएको हो।

जानकी मन्दिरले जनकपुरको गंगासागर पोखरीमा आयोजना गरेको मटकोर कार्यक्रममा जानकी मन्दिरका पुजारी रामरोशन दाससहित विशिष्ट व्यक्ति एवं ठूलो संख्यामा श्रद्धालुहरुको सहभागिता रहेको थियो।

मटकोर कार्यक्रम चलिरहँदा मैथिली गीत संगीतले उपस्थित श्रद्धालुहरुलाई मनोरञ्जन प्रदान गरेको थियो।

मिथिला परम्परा अनुसार मटकोरको दिन पोखरीबाट लगिएको माटोले विवाहको दिन बेदी तयार गरिन्छ। र, सोही बेदीको सात फन्को घुमेर वैवाहिक विधि हुने गर्दछ।

गाजाबाजासहित जानकी मन्दिरबाट निस्किएको टोली मटकोर विधि गर्न गंगासागर पुगेको थियो।

यसैबीच त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको मान्यताअनुरुप शनिबार विवाहोत्सवमको प्रमुख विधि वैवाहिक कार्यक्रम हुँदै छ।

जानकी मन्दिर प्राङ्गणमा शनिबार साँझ वैवाहिक कार्यक्रम आयोजना गरिँदैछ। वैवाहिक कार्यक्रमपूर्व बाह्रबिघा मैदानमा राम र सीताको स्वयंभर कार्यक्रम हुने जानकी मन्दिरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन। तर सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल सम्झौता अवधिभन्दा झण्डै छ महिनाअघि सम्पन्न भएको छ। धनुषाको जनकनन्दिनी गाउँपालिका-६ कठाल र सिराहा नगरपालिका-१३ मल्हनिया जोड्ने सो पुल निर्माण सक्नुपर्ने […]