२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

सप्तरीमा आफ्नै पार्टीका कार्यकर्ताले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

Logo
प्रकाशित आइतबार, पुष ०५, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,५ पुस। सप्तरीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

संसद विघटन गरेको विरोधमा सदरमुकाम राजविराजमा नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । संसद विघटन गरेर ओलीले असंवैधानिक कदम चालेको उनीहरुको भनाइ थियो ।

उनीहरुले राजविराजको मदन चोकस्थित नेकपा पार्टी कार्यालयबाट विरोध प्रदर्शन सुरु गरेका थिए । जनआन्दोलन चोकमा पुगेर उनीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका थिए ।

पुत्ला जलाएपछि आयोजित कोणसभामा बोल्दै नेताहरुले ओलीले असंवैधानिक कदम चालेर निरंकुशता लाद्न खोजेको भन्दै आन्दोलनको विकल्प नभएको बताएका थिए ।

जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य रामप्रित पासवान, जिल्ला अध्यक्ष अशोककुमार मण्डल, जिल्ला सचिव एवं प्रदेश सांसद गोविन्द न्यौपाने, पूर्वमन्त्री उमेश यादव, नेताहरु महेशप्रसाद यादव लगायतले ओलीको कदमविरुद्ध निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]