०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

उखु किसानको अडान: सरकारले भुक्तानी दिलाउने जिम्मा नलिएसम्म आन्दोलन रोकिन्न

Logo
प्रकाशित सोमबार, पुष ०६, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,६ पुस। उखुको भुक्तानी माग्दै काठमाडौं आएका किसानहरूले सोमबार पनि माइतीघर मण्डलमा प्रदर्शन जारी राखेका छन् । सरकारले उखु मिल सञ्चालकबाट रकम दिलाइदिने जिम्मेवारी नलिएसम्म आन्दोलन नरोक्ने उनीहरूले बताएका छन् ।

सरकारसँग सोमबार दिउँसो छलफल हुन लागेको जनाउँदै किसानहरूले उखुको बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी लिन सरकारलाई आग्रह गर्ने बताएका छन् ।

चिनी मिल सञ्चालक र सरकारले पटक–पटक झूटो आश्वासन दिएकाले यसपटक सरकारले मिति तोकेर भुक्तानीको जिम्मा लिए आन्दोलनको स्वरूप फेर्न सकिने उनीहरूको भनाइ छ ।

‘किसानको खातामा पैसा नआउँदासम्म सरकारको भनाइमा ढुक्क हुन सकिँदैन,’ उखु किसान संघर्ष समितिका सचिव गोपाल यादव न्युज एजेन्सी नेपालसँग भने, ‘सरकारले मिति तोकेर भुक्तानी दिलाइदिने जिम्मेवारी लिए आन्दोलनको स्वरूप परिवर्तन गर्न सकिन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन। तर सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल सम्झौता अवधिभन्दा झण्डै छ महिनाअघि सम्पन्न भएको छ। धनुषाको जनकनन्दिनी गाउँपालिका-६ कठाल र सिराहा नगरपालिका-१३ मल्हनिया जोड्ने सो पुल निर्माण सक्नुपर्ने […]