१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

‘नेपाली नै हुँ नेपालकै लागि खेल्छु’

Logo
प्रकाशित शनिबार, पुष ११, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,११ पुस। एक वर्षअघि काठमाडौंमा १३औं दक्षिण एसियाली खेलकुद चलिरहेका बेला गौरिका सिंहले भावविह्वल भएर ‘म नेपाली नै हुँ, म नेपालकै लागि खेल्छु’ यस्तैयस्तै भनेकी थिइन, यस्तो किन पो भन्नुपरेको थियो होला त ? सार खिच्दा यसले नेपाली खेलकुदमा नयाँ मानक भने तयार हुन्छ । विदेशी भूमिमा प्रशिक्षण लिँदै, अभ्यास गर्दै कोही अब्बल हुन्छ र उसले नेपालको प्रतिष्ठा बढाउने काम गर्छ भने त्यसलाई स्वागत गर्न किन कन्ज्युस्याइँ ?

कसैले तिनलाई कहाँ नेपाली होइन भन्न पाइन्छ र रु बरु उनले पाएको उपलब्धीमा खुसी भएर मन ठूलो पार्दा राम्रो । धन्य, गौरिकाले यस्तो फरक बाटो त खोलिदिएकी छन् । लन्डनमा बस्छिन्, पौडी खेल्छिन्, अनि नेपालको प्रतिधिनित्व गर्छिन्, त्यो पनि गौरवले । वर्ष २०७६ मा नेपाली खेलकुदको इतिहासमा सबैभन्दा ठूलो अवसर केही हो भने त्यो १३ औं दक्षिण एसियाली खेलकुद नै हो । अनि यसको पनि सबैभन्दा ठूलो केही नेपाली उपलब्धि छ भने त्यो गौरिकाले जितेको चार स्वर्ण नै हो ।

अब त कसैले औंला भाँचेर नेपाली खेलकुदका सबैभन्दा सफल खेलाडीको सूची बनाउँछ भने त्यसमा पक्कै गौरिकाको नाम पक्कै हुनेछ । उनले नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो खेल महोत्सवमा चार स्वर्ण मात्र जितिनन्, दुई रजत र तीन कांस्य पनि जितिन् । अनि सबैको मन पनि । त्यसो त उनको यही प्रदर्शनमा खोट लगाउने पनि रहे ।

अनि त्यसैकै उत्तरमा त हो, गौरिकाले भनेकी, ‘म नेपाली नै हुँ म नेपालकै लागि खेल्छु ।’ अब त कसैले औंला भाँचेर नेपाली खेलकुदका सबैभन्दा सफल खेलाडीको सूची बनाउँछ भने त्यसमा पक्कै गौरिकाको नाम पक्कै हुनेछ । त्यसैले त नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको वर्ष २०७६ को पल्सर स्पोर्टस अवार्डको लोकप्रिय खेलाडी विधामा उनको नाम पनि मनोनयन भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]