०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

जनकपुरधाममा संसद विघटनको विरोधमा मशाल जुलुस

Logo
प्रकाशित शनिबार, पुष ११, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ पुस।प्रतिनिधि सभा विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा मशाल जुलुससहित प्रदर्शन गरेको छ।

जनता समाजवादी पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार नेता कार्यकर्ताहरूले आज मशाल जुलुस प्रदर्शन गरेका हुन।

जनकपुरधामको रेल्वे स्टेसनमा निकालिएको मशाल जुलुसमा नेताहरुले रास्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपि ओलि शर्मा विरुद्ध चर्को नाराबाजी गर्दै भानु चौक,शिव चौकहुदै जनक चौकमा सम्पन्न गरे।

कडा सुरक्षाकाबीच प्रहरीलाई चुनौती दिँदै जसपाका नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।

संसद विघटन गरी प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कदम चालेको भन्दै जसपाका नेता कार्यकर्ताहरूले प्रधानमन्त्रीको निरकुंश प्रवृत्तिविरूद्ध सबै लोकतान्त्रिक शक्तिहरू एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको बताए।

सो मशाल जुलुसमा जसपाका प्रदेश सांसद प्रमेश्वर साह,जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह,जसपाका जिल्ला अध्यक्ष पशुपति यादवलगाईत जसपाका नेता कार्यकर्ताहरुको सहभागीता रहेका थिए।

जसपाले भोली १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]