१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

विपन्नलाई रामजानकीले गरे निःशुल्क उपचार

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ पुस । जनकपुरधाम उपमहानगरपालिकास्थित रहेको राम जानकी अस्पतालले विपन्नको निःशुल्क उपचार गरेर घरपठाएका छन् । लोहरपट्टी नगरपालिका–४ खुट्टा पिपराढीका जय सादाको श्रीमती बिमला सादालाईकरिव एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार गरी शनिबार घर पठाएका हुन् ।

बिमलालाई व्यथा लागेपछि मंशिर ७गते अस्पताल भर्ना भएका थिए । उपचारमा संलगन चिकित्सक डा. शैलेन्द्र यादवको अनुसार उनलाई‘चण्की’ काम रोग लागेको थियो । बिमलाको रोग चिकित्सकले निको गरेपछि उनले सफलतापूर्वकछोराको जन्म दिएका छन् । बच्चा कमजोर देखिएपछि चिकित्सकले बच्चालाई आइसीयुमा राखीउपचार गरेका थिए ।

तर, बिमलाका श्रीमान बेरोजगार भएकाकारण पैसा तिर्न सकेका थिएनन् । अस्पतालले उनको समस्या बुझेर निःशुल्क उपचार गरी घरपठाएको जानकारी दिएका छन् । अस्पतालमा निःशुल्क उपचार पाएपछिबिमलाका श्रीमान जय सादा निकै खुशी भएको बताए । ‘अस्पतालको पैसा तिर्न नसक्दा निकैचिन्ता थियो । पैसाको जोहो गर्न निकै ठाउँमा धाए । तर, कसैले पैसा दिएनन,’उनलेमलिनो स्वरमा भने, ‘अस्पतालले निःशुल्क उपचार गर दिएको धन्यवाद दिन चाहन्छु । संसारमामानवता जिवित रहेको अस्पताल पुष्टी गरेको छ ।’

‘रोगले बच्चा जन्माउन कठिनाइ हुने चिन्ता थियो। तर, कुनै पनि कठिनाइ भएनन,’उनले भनिन्,‘अस्पतालका डाक्टरले सुरक्षित साथ उपचारगरदिए । त्यो पनि निःशुल्क । अस्पतालले गुण कहिले बिर्सिन सक्दिनन् ।’ बिमलाको रोगनिको भएर बच्चा जन्माएको करिव एक महिना भएपनि उनले पैसा अभावमा घर जाँन सकेकोथिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ। संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।