०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

उखु किसानको उजुरी परेपछि चिनी मिलका सञ्‍चालक पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १६, २०७७

न्यूजमधेश डेस्क
जकपुरधाम,१६ पुस। उखु किसानको उजुरी परेपछि लुम्बिनी चिनी मिलका सञ्‍चालक पक्राउ परेका छन् ।

सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन निर्देशन दिएलगतै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध नवलपरासीमा उखु किसानको उजुरी छ । उनलाई थप अनुसन्धानका लागि नवलपरासी पठाइएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

यो मिलले किसानको १५ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]