११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

“संकल्प”नगर युवा सन्जालको,शिक्षालय सुधार एक पवित्र अभियान

Logo
प्रकाशित शुक्रबार, पुष १७, २०७७

जीतेन्द्र कुमार राम
जनकपुरधाम,१७ पुस।श्री फकिर चन्द गामी माध्यमिक बिधालय यो क्षेत्रको एसएलसी तहको कक्षा संचालनमा ल्याइएको एक नमुना बिधालयको रुपमा पहिला चिनिन्थियो र चिनिन्छन पनि।तर अचेल यस बिधालयमा बिद्यार्थीहरुको संख्या न्यून हुदा शिक्षकहरु घाम तापेर मात्र फर्किन बाध्य छन।शिक्षक त हुन्छन तर बिधार्थिहरु हुदैनन।

यो बिधालय धनुषाको सवैला नगरपालिका अन्तर्गत वडा नं १२ को बर्कुर्वामा अवस्थित छन।यस क्षेत्रको सवैभन्दा धनी बिधालयको रुपमा पनि यहि बिधालय रहेको छ।बिधालय स्थापना काल पुर्व श्री फकिर चन्द गामिले शिक्षाको स्तर उकास्न लगभग ३० बिघा जमिन यो बिधालयलाइ अनुदानमा दिएको थियो,पछि अन्य जमिनदारहरुले पनि एक दुई बिघा गरि जगा दान गरे ।हाल यो बिधालयको नाउमा लगभग ३३ बिघा जग्गा जमिन छन जसमा पोखरी ,खेत र फुलबारीहरु समेत रहेका छन।

पछि अन्य बिधालयहरुले कक्षा संचालनमा ल्याए।हाल अन्य बिधालयहरुमा रहेका शिक्षकहरु अधिकांश यहि बिधालयबाट एसएलसी अध्ययन गरेका रहेका छन।जसमा बिधार्थिको चाप दिनानुदिन थपिदाको थपिदै छन,कक्षाकोठा थपिदा पनि बिद्यार्थीको चापले कोठा संख्या कमै हुन्छन।तर यस बिधालयमा भने कोठाहरु यतिकै खालिखाली हुन्छन।

हिजो मात्रै यस बिधालयले ६१ औं बार्षिकोत्सव मनाए,नव निर्मित ८ कोठे भनवको उद्घाटन गरे।जति भवन थपिदै छन उति नै बिद्यार्थी न्यून हुँदै गएका छन।कतिपयले बिधालयका प्रधानाध्यापकले बिधालय तोडेको आरोप पनि लगाउछन।भन्छन,यो प्रअ रहेसम्म बिद्यार्थी जुटिदैन।

यस बिधालयले केही बर्ष +2 पनि चलाए,कति बिधार्थीहरु अध्ययन गरेर निस्के तर हाल त्यसमा पनि बिधार्थी हुदैन।कक्षाकोठामा एक कोठामा मात्र ४ देखि ५ बिद्यार्थी हुन्छन।

यसै अन्तर्गत सवैला नगरपालिकाभरिका शिक्षित ,बुद्धिजीवी युवाहरुको समुहको साझा सन्जाल नगर युवा सन्जालले नव बर्षको नव अभियान शुरु गरेका छन।सन्जालले यो बर्ष भित्रै पुनः त्यही साविकको जस्तो बिधालय बनाउने एकजुट भइ संकल्प गरेका छन जस अन्तर्गत यो बर्ष भित्रै सवैले परिवर्तनको झल्को महसुस गर्नेछन।

संकल्प सभामा बर्तमानको युवा तथा भविष्यको युवाहरुको सहभागिता रहेको थियो।कार्यक्रममा सन्जालका अध्यक्ष सुरेश यादवले नया बर्षलाइ बर्ष भरिमै गर्नुपर्ने योजना बनाउन र अग्रसर हुन सुझाव दिएका छन।

कार्यक्रममा सन्जालका सम्पुर्ण समिती अन्तर्गत कोषाध्यक्ष जीतेन्द्र अक्षत,महासचिव मिथिला साह,सचिव ओम नायक,टीम लिडर मनोज पासवान,मुकेश राय ,शिक्षक बिनोद पाल तथा शिक्षण अभियानीहरुले आफ्ना आफ्ना बिचार राखेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]