२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका हतियार सेनालाई हस्तान्तरण

Logo
प्रकाशित आइतबार, पुष २६, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२६ पुस।अंग्रेज फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुँडा र एउटा तरबार सेनालाई बुझाइएको हो ।

विसं १८२४ मा भएको अंग्रेजसँगको लडाइमा पुर्खाले प्रयोग गरेका घरेलु हतियार संकलन गर्ने क्रम जारी रहेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । खत्रीले आज आफ्नो घरमा भएको एउट भाले खुँडा र एक थान तरबार तथा भद्रकालीमा हरि थापाको घरमा रहेको भाले खुँडा ९ नम्बर बाहिनीपति ध्रुव शाहलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरणपछि प्रमुख खत्रीले लडाइँका क्रममा प्रयोग भएका घरेल हतियारको खोजी गर्ने काम भइरहेको बताए । नेपाली सेनासँग सहकार्य गरेर नगरवासीका घरमा भएका पुर्ख्याैली घरेलु हतियार सङ्कलन गर्ने र ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध संग्राहलयमा राखिनेसमेत उनले जानकारी दिए ।

यस्तै, ९ नम्बर बाहिनीका बाहीनीपति शाहले युद्ध सङ्ग्रहालय निर्माणको काम अन्तिमचरणमा पुगेको बताए । तत्कालीन अंग्रेजजसँगको लडाइँका क्रममा प्रयोग भएका घरेलु हतियारको खोजी गर्ने कार्य भइरहेको उनको भनाइ छ । हालसम्म सात खुँडा, खुकुरी र एउटा धनुषवाण जम्मा भएको जानकारी दिए ।

अंग्रेज फौजलाई हराएको सम्झनामा हरेक कात्तिक २४ गते नगरपालिकाले विजय उत्सव मनाउन थालेको छ । विसं २०६७ मा नेपाल पत्रकार महासंघ जिल्ला शाखाले ओझेलमा परेको सिन्धुलीगढीको प्रचारप्रसार गर्न विजय उत्सव मनाएको थियो । त्यसयता जिल्ला विकास समिति हुँदै हाल स्थानीय सरकारको रूपमा रहेको नगरपालिकाले गढीको संरक्षण गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]