०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

जनकपुरधाम उप-महानगरपालिकाद्वारा पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस मनाइयो

Logo
प्रकाशित सोमबार, पुष २७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, २७ पुस। जनकपुरधामका पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस जनकपुरधाम उप–महानगरपालिकाले मनाएको छ । आज विहान उप–महानगरपालिकामा स्मृति दिवस मनाइएको छ ।

पत्रकार सिंह प्रति श्रद्धासुमन अर्पण गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको प्रति दुःख व्यक्त गरेका थिए ।

उनले पत्रकार सिंहको विभत्स हत्या हुनु जनकपुरधामको लागि दुर्भाग्यपूर्ण रहेको बताएका थिए । उनले भने–‘बोल्नमा निडर, भयरहित पत्रकारको रुपमा चिनिएका पत्रकार सिंहको विभत्स हत्या दुर्भाग्यपूर्ण हो । समाजले धेरै ठूलो नोक्सानी बेहोर्नु परेको छ ।’

उनले पत्रकारहरुकालागि गत बर्ष घोषणा गरिएको पाँच लाखको अक्षय कोष यस बर्ष देखि विधिवत रुपमा सञ्चालनमा आएको हो जसवाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारहरुलाई पुरस्कृत गरिने बताए । उनले आज देखि एउटा नयाँ सृखलाको शुरुवात भएको बताए ।

पत्रकार सिंह पत्रकारिता क्षेत्रमा इतिहास रचेको बताउँदै उनले जनकपुरधाम उप–महानगरपालिका गर्व महशुस गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]