१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

संसद विघटनले राजनीतिक अस्थिरता ल्याएको छ : अध्यक्ष यादव

Logo
प्रकाशित सोमबार, पुष २७, २०७७

न्यूजमधेश डेस्क
पर्सा,२७ पुस। जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयले मुलुकमा राजीतिक अस्थिताको वातावरण निर्माण गरेको आरोप रहेको छ ।

जसपा पर्साले आज वीरगञ्जमा अयोजना गरेको विरोध कार्यक्रममा अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अस्थिता उत्पन्न गरेको तथा लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको छ भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री यादवले दुवै छिमेकीसँग राष्ट्र हितका आधारमा सन्तुलित मैत्रीपूर्ण सम्बन्ध राख्न तथा समान व्यवहारका आधारमा कूटनीतिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष यादवले वर्तमान समस्या संवैधानिकभन्दा बढी राजनीतिक रहेकाले यसको समाधानको उपाय राजनीतिबाट नै खोजिनुपर्ने भनाइ राख्नुभयो । कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक अस्थिरताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने तत्वले सल्बलाउने मौका पाएको बताउनुभयो ।

उहाँले वर्तमान संविधानले नेपाली नागरिकलाई प्रदान गरेको मौलिक हकलाई हेर्न नचाहने र प्रतिगमनको पर्खाइमा रहेकाहरुलाई संसद विघटनको निर्णयले अवसर प्रदान गरेको जिकिर गर्नुभयो । जसपा पर्साका अध्यक्ष रामनरेश यादवका अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले नेकपाका नेताहरुको आन्तरिक झगडाले लोकतन्त्रलाई नै धरापमा पारेको आरोप लगाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]