१६ कार्तिक २०८२, आइतबार
02-11-2025 , Sun
×

रामजी रामलाई परीक्षामा सामेल गराउन चिकित्सा शिक्षा आयोगको निर्देशन

Logo
प्रकाशित सोमबार, पुष २७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२७ पुस।रामजी रामलाई एमबीबीएस अन्तिम वर्षको परीक्षामा सामेल गराउन चिकित्सा शिक्षा अयोगले निर्देशन दिएको छ । आयोगले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानलाई पत्र पठाउँदै रामजीलाई परीक्षामा सामेल गराउन निर्देशन दिएको हो ।

रामजी रामको सम्पूर्ण शिक्षण शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको हुँदा उनलाई परीक्षामा सामेल गराउन आयोगकाे निर्देशन छ ।

शुल्क नतिरेको भन्दै वीरगन्जस्थित नेसलन मेडिकल कलेजले एमबीबीएस चौथो वर्षको परीक्षा हलबाट रामजी रामलाई बाहिर निकालेको थियो ।

दलित कोटाको छात्रवृत्तिमार्फत एमबीबीएस अध्ययनरत रामजी रामले कलेजलाई विभिन्न शुल्कका नाममा ८ लाख ११ हजार ५ सय रुपैयाँ बुझाइसकेका छन् । त्यो पैसा पनि उनले चन्दा मागेर जुटाएका हुन् । ८ लाख रुपैयाँ तिरिसक्दा पनि कलेजले अन्य शुल्क भन्दै उनीसँग थप ७ लाख ५० हजार रुपैयाँ मागेको छ ।

२०७५ सालमै शिक्षा मन्त्रालयका उपसचिव नेतृत्वको टोलीले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीले छात्रावास र मेसबाहेक अन्य शुल्क तिर्नुनपर्ने निर्णय गरिसकेको छ । उपसचिव नेतृत्वको टोलीले गरेको निर्णयअनुसार ’शुल्कसम्बन्धमा नेपाल सरकारले हालसम्म भएका निर्णय र कार्याविधिमा प्रस्ट उल्लेख भएबमोजिम कलेजले माग गरेबमोजिम अतिरिक्त मेस तथा छात्रावासबाहेक थप शुल्क लिन पाउने स्थिति रहँदैन ।’

५ भदौ, २०७५ को मन्त्रिपरिषद् बैठकले मेडिकल कलेजले परीक्षा, भर्ना, काउन्सिल, प्रयोगशाला, पुस्तकालय आदिको शुल्क लिन नपाइने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]