०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

रामजी रामलाई परीक्षामा सामेल गराउन चिकित्सा शिक्षा आयोगको निर्देशन

Logo
प्रकाशित सोमबार, पुष २७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२७ पुस।रामजी रामलाई एमबीबीएस अन्तिम वर्षको परीक्षामा सामेल गराउन चिकित्सा शिक्षा अयोगले निर्देशन दिएको छ । आयोगले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानलाई पत्र पठाउँदै रामजीलाई परीक्षामा सामेल गराउन निर्देशन दिएको हो ।

रामजी रामको सम्पूर्ण शिक्षण शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको हुँदा उनलाई परीक्षामा सामेल गराउन आयोगकाे निर्देशन छ ।

शुल्क नतिरेको भन्दै वीरगन्जस्थित नेसलन मेडिकल कलेजले एमबीबीएस चौथो वर्षको परीक्षा हलबाट रामजी रामलाई बाहिर निकालेको थियो ।

दलित कोटाको छात्रवृत्तिमार्फत एमबीबीएस अध्ययनरत रामजी रामले कलेजलाई विभिन्न शुल्कका नाममा ८ लाख ११ हजार ५ सय रुपैयाँ बुझाइसकेका छन् । त्यो पैसा पनि उनले चन्दा मागेर जुटाएका हुन् । ८ लाख रुपैयाँ तिरिसक्दा पनि कलेजले अन्य शुल्क भन्दै उनीसँग थप ७ लाख ५० हजार रुपैयाँ मागेको छ ।

२०७५ सालमै शिक्षा मन्त्रालयका उपसचिव नेतृत्वको टोलीले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीले छात्रावास र मेसबाहेक अन्य शुल्क तिर्नुनपर्ने निर्णय गरिसकेको छ । उपसचिव नेतृत्वको टोलीले गरेको निर्णयअनुसार ’शुल्कसम्बन्धमा नेपाल सरकारले हालसम्म भएका निर्णय र कार्याविधिमा प्रस्ट उल्लेख भएबमोजिम कलेजले माग गरेबमोजिम अतिरिक्त मेस तथा छात्रावासबाहेक थप शुल्क लिन पाउने स्थिति रहँदैन ।’

५ भदौ, २०७५ को मन्त्रिपरिषद् बैठकले मेडिकल कलेजले परीक्षा, भर्ना, काउन्सिल, प्रयोगशाला, पुस्तकालय आदिको शुल्क लिन नपाइने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]