१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

संखुवासभा-महोत्तरी ४ सय केभी प्रसारण लाइनको शिलान्यास

Logo
प्रकाशित बिहिबार, माघ ०१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१ माघ।संखुवासभा-महोत्तरी ४ सय केभी प्रसारण लाइन निर्माण कार्यको एक समारोह बीच शिलान्यास गरिएको छ । अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत संखुवासभाको खांधवारीदेखि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका हुँदै भारतीय सीमा भिठ्ठामोडसम्म ४ सय केभी प्रसारण लाइन निर्माण कार्यको बिहिवार शिलान्यास गरिएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जिल्लाको भङहा नगरपालिकामा यस प्रसारणको लाइन निर्माण कार्यको शिलान्यास गरे । भङहा बाट सुरु गरिएको यस परियोजनाको यो पहिलो सुरुवात हो । यो परियोजनाको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आइसकेपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा ठुलो फड्को मार्ने विश्वास लिइएको छ ।

शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विमलीले यो परियोजनाको सफलताले यस क्षेत्रको विद्युतको समस्या समाधानमा सहयोगी सावित हुने बताए । उनले यस परियोजनाको निर्माण कार्यमा सबैलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले शिलान्यास गरेको सो टि.एल. टावर निर्माण कार्यको शिलान्यास कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय महोत्तरीका प्रमुख कुमार खडका, प्रशासकीय अधिकृत रन्जित कुमार यादव, अरुण तेस्रो जलविद्युत परियोजनाका प्रमुख इन्जिनियर हरिश शर्मा, एस. के. शर्मा, चन्दन मेहता, भङहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ओहित मियालगायतको सहभागिता थियो ।

संखुवासभा-महोत्तरी ४ सय केभी प्रसारण लाइन निर्माण कार्यको एक समारोह बीच शिलान्यास गरिएको छ । अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत संखुवासभाको खांधवारीदेखि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका हुँदै भारतीय सीमा भिठ्ठामोडसम्म ४ सय केभी प्रसारण लाइन निर्माण कार्यको बिहिवार शिलान्यास गरिएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जिल्लाको भङहा नगरपालिकामा यस प्रसारणको लाइन निर्माण कार्यको शिलान्यास गरे । भङहा बाट सुरु गरिएको यस परियोजनाको यो पहिलो सुरुवात हो । यो परियोजनाको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आइसकेपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा ठुलो फड्को मार्ने विश्वास लिइएको छ ।

शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विमलीले यो परियोजनाको सफलताले यस क्षेत्रको विद्युतको समस्या समाधानमा सहयोगी सावित हुने बताए । उनले यस परियोजनाको निर्माण कार्यमा सबैलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले शिलान्यास गरेको सो टि.एल. टावर निर्माण कार्यको शिलान्यास कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय महोत्तरीका प्रमुख कुमार खडका, प्रशासकीय अधिकृत रन्जित कुमार यादव, अरुण तेस्रो जलविद्युत परियोजनाका प्रमुख इन्जिनियर हरिश शर्मा, एस. के. शर्मा, चन्दन मेहता, भङहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ओहित मियालगायतको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]