१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

तराईंका जिल्लामा बाक्लो कुहिरो, आन्तरिक उडान प्रभावित

Logo
प्रकाशित शुक्रबार, माघ ०२, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२ माघ। मुलुकको संघीय राजधानी काठमाडौंसहित तराईंका जिल्लाहरुमा बाक्लो कुहिरो र हुस्सु लागेको छ । देशका अधिकांश स्थानमा बादल लागेसँगै ‘भिजिबिलिटी’ घट्दा आन्तरिक उडानसमेत प्रभावित बनेको छ ।

मौसममा आएको खराबीका कारण विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढीलगायतका विमानस्थलमा आन्तरिक तर्फका सबै उडान प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

मौसम विज्ञान विभागले बिहान तराईका भू-भागहरुमा बाक्लो कुहिरो लागेको र काठमाडौं उपत्यकासहितका पश्चिम पहाडी जिल्लामा बादल लागेको जनाएको छ । विभागका अनुसार काठमाडौंमा बिहानको जस्तै अवस्था दिउँसोसम्म कायम रहनेछ ।

हाल नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव बढेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यही कारण प्रदेश नम्बर १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी भू-भागमा सामान्य बदलीको अवस्था छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च भू-भागका एक/दुई स्थानमा हल्का हिमपात र प्रदेश नम्बर १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएकाे छ ।

त्यस्तै, तराईंका धेरैजसो स्थानमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले चिसो बढ्ने विभागले पुर्वानुमान गरेकाे छ । चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागको अनुरोध छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]