१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

चिसोले सर्लाहीको जनजीवन कष्टकर

Logo
प्रकाशित शुक्रबार, माघ ०२, २०७७

न्यूजमधेश डेस्क
सर्लाही ,२ माघ।एक सातादेखिको बढेको कठ्यांग्रिदो चिसोले सर्लाहीको जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो हुस्सु र चिसो हावासँगै सुरु भएको शीतलहरका कारण जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो।

अचानक बढेको चिसोले विशेष गरी विपन्न, दलित र सुकुम्वासी परिवार बढी प्रभावित भएका छन्। यसै गरी चौपाया र पशुपंक्षी पनि चिसोले नराम्ररी प्रभावित भएका छन्।

बिहान र बेलुकाको समयमा पानी परे झैं शीत झर्ने गरेको छ। बाक्लो हुस्सु लाग्दा पाँच दिनदेखि घाम देख्न पाएका छैनन्। न्यानो कपडा नभएको र आगो ताप्न दाउरा समेत उपलब्ध नभएका क्षेत्रका विपन्न परिवार कठ्यांग्रिएरै दिनचर्या काट्न बाध्य छन्।

चिसोका कारण जिल्ला सदरमुकाम मलंगवासहित बरहथवा, हरिवन, लालबन्दी, नवलपुर, सोल्टी, गोडैता, बयलवासलगायतका मुख्य बजारमा मानिसको चहलपहल घटेको छ। दैनिक काम गरेर जीवनयापन गर्ने मजदुरलाई काममा निस्कन गाह्रो भएको छ। चिसो छल्न मानिसहरु घुर (आगो) तापेर दिन काटिरहेका छन्। विद्यालयमा साना विद्यार्थीको संख्या घटिरहेका बागमती–५ स्थित जनता माविका प्रधानाध्यापक ज्ञानकुमार महतोले जानकारी दिए।

यता जिल्ला विपत व्यवस्थापन समितिका संयोजक समेत रहेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अचानक बढेको चिसोले विपन्न तथा सुकुम्वासी परिवारको दैनिकी कष्टकर बन्दै गएको बताए। उनले २० वटै स्थानीय तहका प्रमुखहरुलाई चिसोबाट प्रभावितको सुरक्षामा ध्यान दिन वन कार्यालय र सामुदायिक वनसँग समन्वय गरेर सार्वजनिक स्थलहरुमा दाउरा वितरण गर्न अनुरोध गरेका छन्। यसरी चिसोका कारण जिल्लावासीको जीवन कष्टकर बन्दै गए पनि स्थानीय तहले भने तदारुकता नदेखाएको स्थानीयको आरोप छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]