२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

चिसोले सर्लाहीको जनजीवन कष्टकर

Logo
प्रकाशित शुक्रबार, माघ ०२, २०७७

न्यूजमधेश डेस्क
सर्लाही ,२ माघ।एक सातादेखिको बढेको कठ्यांग्रिदो चिसोले सर्लाहीको जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो हुस्सु र चिसो हावासँगै सुरु भएको शीतलहरका कारण जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो।

अचानक बढेको चिसोले विशेष गरी विपन्न, दलित र सुकुम्वासी परिवार बढी प्रभावित भएका छन्। यसै गरी चौपाया र पशुपंक्षी पनि चिसोले नराम्ररी प्रभावित भएका छन्।

बिहान र बेलुकाको समयमा पानी परे झैं शीत झर्ने गरेको छ। बाक्लो हुस्सु लाग्दा पाँच दिनदेखि घाम देख्न पाएका छैनन्। न्यानो कपडा नभएको र आगो ताप्न दाउरा समेत उपलब्ध नभएका क्षेत्रका विपन्न परिवार कठ्यांग्रिएरै दिनचर्या काट्न बाध्य छन्।

चिसोका कारण जिल्ला सदरमुकाम मलंगवासहित बरहथवा, हरिवन, लालबन्दी, नवलपुर, सोल्टी, गोडैता, बयलवासलगायतका मुख्य बजारमा मानिसको चहलपहल घटेको छ। दैनिक काम गरेर जीवनयापन गर्ने मजदुरलाई काममा निस्कन गाह्रो भएको छ। चिसो छल्न मानिसहरु घुर (आगो) तापेर दिन काटिरहेका छन्। विद्यालयमा साना विद्यार्थीको संख्या घटिरहेका बागमती–५ स्थित जनता माविका प्रधानाध्यापक ज्ञानकुमार महतोले जानकारी दिए।

यता जिल्ला विपत व्यवस्थापन समितिका संयोजक समेत रहेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अचानक बढेको चिसोले विपन्न तथा सुकुम्वासी परिवारको दैनिकी कष्टकर बन्दै गएको बताए। उनले २० वटै स्थानीय तहका प्रमुखहरुलाई चिसोबाट प्रभावितको सुरक्षामा ध्यान दिन वन कार्यालय र सामुदायिक वनसँग समन्वय गरेर सार्वजनिक स्थलहरुमा दाउरा वितरण गर्न अनुरोध गरेका छन्। यसरी चिसोका कारण जिल्लावासीको जीवन कष्टकर बन्दै गए पनि स्थानीय तहले भने तदारुकता नदेखाएको स्थानीयको आरोप छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]