१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

भारतमा किसान आन्दोलन : ९औं पटकको वार्ता पनि असफल

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

न्यूजमधेश डेस्क
पटना,३ माघ।केन्द सरकारले जारी गरेको कृषि कानुनको विषयमा भारतका किसान करिब २ महिनादेखि आन्दोलनमा छन् । शुक्रबार किसानका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच ९औं पटक वार्ता भएको थियो । त्यसले पनि कुनै निष्कर्ष निकाल्न नसकेको भारतीय मिडियाहरुले खबर दिएका छन् ।

किसान प्रतिनिधिसँग शुक्रबार भारत केन्द्र सरकार का तीन मन्त्रीले वार्ता गरेका थिए । आन्दोलनरत किसानहरु कृषि कानुनको खारेजीको मागबाट टसमस नभएपछि वार्ता सफल हुननसकेको सरकारी प्रतिनिधिहरुले बताएका छन् ।

माग सम्बोधन नभएमा भारतको स्वतन्त्रता दिवसका दिन दिल्लीमा ट्याक्टर जुलुस निकाल्ने चेतावनी आन्दोलनरत किसानहरुले दिँदै आएका छन् । जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएकोछ ।

किसानहरुको माग प्रति सरकारी पक्ष धेरै नै लचक हुदाँ पनि किसानका प्रतिनिधि सहमतिमा नआएको सरकारी पक्षको भनाइ छ ।

आन्दोलनरत किसानका नेता जोगिन्दर सिंह उर्गाहनले भने तीनै कृषि कानुन खारेज गर्न सरकारी पक्ष तयार नभएकाले बताएका छन्।-एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]