१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

भारतमा किसान आन्दोलन : ९औं पटकको वार्ता पनि असफल

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

न्यूजमधेश डेस्क
पटना,३ माघ।केन्द सरकारले जारी गरेको कृषि कानुनको विषयमा भारतका किसान करिब २ महिनादेखि आन्दोलनमा छन् । शुक्रबार किसानका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच ९औं पटक वार्ता भएको थियो । त्यसले पनि कुनै निष्कर्ष निकाल्न नसकेको भारतीय मिडियाहरुले खबर दिएका छन् ।

किसान प्रतिनिधिसँग शुक्रबार भारत केन्द्र सरकार का तीन मन्त्रीले वार्ता गरेका थिए । आन्दोलनरत किसानहरु कृषि कानुनको खारेजीको मागबाट टसमस नभएपछि वार्ता सफल हुननसकेको सरकारी प्रतिनिधिहरुले बताएका छन् ।

माग सम्बोधन नभएमा भारतको स्वतन्त्रता दिवसका दिन दिल्लीमा ट्याक्टर जुलुस निकाल्ने चेतावनी आन्दोलनरत किसानहरुले दिँदै आएका छन् । जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएकोछ ।

किसानहरुको माग प्रति सरकारी पक्ष धेरै नै लचक हुदाँ पनि किसानका प्रतिनिधि सहमतिमा नआएको सरकारी पक्षको भनाइ छ ।

आन्दोलनरत किसानका नेता जोगिन्दर सिंह उर्गाहनले भने तीनै कृषि कानुन खारेज गर्न सरकारी पक्ष तयार नभएकाले बताएका छन्।-एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]