२७ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
×

सुनसरीमा माइक्रो र मोटरसाइकल ठोकिदा ३ को मृत्यु, ८ जना घाइते

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

न्यूजमधेश डेस्क
सुनसरी,७ माघ।सुनसरीको दुहवी-इनरुवा खण्डमा मंगलबार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

सुनसरी प्रहरीका अनुसार विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत दिशामा रहेको मोटरसाइकल आपसमा ठोकिदा दुर्घटना भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोले को३४प ४६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपश्चात माइक्रो सडक किनारमा पल्टेको छ ।

दुर्घटनामा मोटरसाइकल चालकसहित तीन जनाको ज्यान गएको छ । सुनसरी प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा ३ का बृख मण्डल र माइक्रोका सह– चालक सप्तरी घर भएका शंकरकुमार यादव रहेका छन् ।

मृतकमध्ये एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको छ । उनीहरू सबैको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन् । उनीहरूको उपचार जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]