१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

लगमामा जनमत पार्टीको वडा अधिवेशन सम्पन्न

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ माघ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको कमला नगरपालिका वडा नम्बर ३ लगमामा प्रथम वडा अधिवेशन मंगलबार सम्पन्न गरेको छ।

जनमत पार्टीका युवा नेता ई. विवेक मोरबैताको अध्यक्षतामा भएको अधिवेशनमा जनमत पार्टीका केन्द्रिय सदस्य ईन्द्रजित यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।अधिवेशनबाट सर्वसहमतीले १५ सदस्यीय नयाँ कार्यसमिति चनय गरिएको छ।

सो कार्यसमितिको अध्यक्षमा दिपेन्द्र कुमार तेथवारलाई चयन गरिएको छ।उपाध्यक्षमा महिन्द्र यादव,महिला उपाध्यक्षमा शिवकुमारी देवी सादा,कोषाध्यक्षमा लक्षमेश्वर साह,सचिवमा कृष्णा साह,सहसचिवमा नरेशराज यादवलाई चयन गरिएको छ।त्यसैगरी कमला देवी महरा,रिता देवी महरा,भरथ यादव,निर्मल कुमारी महरा,उमेश यादव,राजाराम मण्डल ,दिपचरण खत्वे र सृजना देवी मुखियालाई समेत सदस्यमा रहेको छ।

उक्त अधिवेशन जनमत पार्टी धनुषाका ईन्चार्ज अनिता साह,जिल्ला संयोजक दिपनारायण यादव,क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक उपेन्द्र प्रसाद रोहिता,जनमत पार्टीका सहयात्री ई.राजदेव खर्गा,विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष बिजय यादव,क्षेत्र १ का संयोजक बालकृष्ण साह,सहिद नगरपालिकाका संयोजक लक्षमेश्वर यादव,अधिवेशन समिति सदस्य सरोज यादव,महिला नेतृ रेखा मण्डल,युवा नेता किलेश मण्डल,डा उदय कुमार गोइत,मनोज बनरैत,ई अमर यादवको उपस्तिथिमा सम्पन्न भएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]