२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

उखु किसानद्वारा पुन:आन्दोलनको घोषणा

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,८ माघ । उखुको बाँकी वक्यौता रकम नपाएका उखु किसानद्वारा पुन:आन्दोलनको घोषणा गरेका छन् ।

सरकारले २१ दिनभित्र रकम दिलाइदिने सम्झौता गरेपनि उक्त अवधिमा रकम नपाएको भन्दै किसानले पुन:आन्दोलनको घोषणा गरेका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६५ करोड रकम जम्मा भइसकेको ५७ करोड भुक्तानी गराइसकेको तथा बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसकोको बताएको छ । तर उखु किसानले भने त्यो मन्त्रालयको मौखिक भनाइमा शंका भएको भन्दै पुन: आन्दोलनको घोषणा गरेको विज्ञप्तिमा बताइएको छ ।

विज्ञप्तिमा जनाइए अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने आन्दोलनका कार्यक्रम तय गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]