०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

उखु किसानद्वारा पुन:आन्दोलनको घोषणा

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,८ माघ । उखुको बाँकी वक्यौता रकम नपाएका उखु किसानद्वारा पुन:आन्दोलनको घोषणा गरेका छन् ।

सरकारले २१ दिनभित्र रकम दिलाइदिने सम्झौता गरेपनि उक्त अवधिमा रकम नपाएको भन्दै किसानले पुन:आन्दोलनको घोषणा गरेका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६५ करोड रकम जम्मा भइसकेको ५७ करोड भुक्तानी गराइसकेको तथा बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसकोको बताएको छ । तर उखु किसानले भने त्यो मन्त्रालयको मौखिक भनाइमा शंका भएको भन्दै पुन: आन्दोलनको घोषणा गरेको विज्ञप्तिमा बताइएको छ ।

विज्ञप्तिमा जनाइए अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने आन्दोलनका कार्यक्रम तय गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]