२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

सिरहामा लागुऔषधसहित दुई जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ०९, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,९ माघ। सिरहाको गोलबजारबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेका छन्।

प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले जाँचको क्रममा दुवै जनालाई बिहीबार लहानतर्फ जाँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-२ का २२ वर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका ८ का २७ वर्षीय अनिल शर्मा रहेका छन्। स ७ प ५७१२ नम्बरको पल्सर र स १० प ५५२२ नम्बरको एफजेडएस मोटरसाइकलमा उनीहरु लागुऔषध बोकेर लहानतर्फ गइरहेका थिए।

उनीहरुको साथबाट प्रहरीले नाइट्रोभेट ट्याब्लेट १४ सय ९७ पीस, स्पासमोप्रोक्सन ४८ पीस, फेनारगन ४५ पीस, नोफिनइन्जेक्सन ४५ पीस, डाइजीपाम ४५ एम्पुल र डाइलेक्स डिसी ३४ बोतल लागुऔषध बरामद गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]