२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

सिरहामा लागुऔषधसहित दुई जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ०९, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,९ माघ। सिरहाको गोलबजारबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेका छन्।

प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले जाँचको क्रममा दुवै जनालाई बिहीबार लहानतर्फ जाँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-२ का २२ वर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका ८ का २७ वर्षीय अनिल शर्मा रहेका छन्। स ७ प ५७१२ नम्बरको पल्सर र स १० प ५५२२ नम्बरको एफजेडएस मोटरसाइकलमा उनीहरु लागुऔषध बोकेर लहानतर्फ गइरहेका थिए।

उनीहरुको साथबाट प्रहरीले नाइट्रोभेट ट्याब्लेट १४ सय ९७ पीस, स्पासमोप्रोक्सन ४८ पीस, फेनारगन ४५ पीस, नोफिनइन्जेक्सन ४५ पीस, डाइजीपाम ४५ एम्पुल र डाइलेक्स डिसी ३४ बोतल लागुऔषध बरामद गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]