३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

मालपोतका एक कर्मचारीमाथि कुटपिट

Logo
प्रकाशित शुक्रबार, माघ ०९, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,९ माघ।भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका एक कर्मचारीमाथि शुक्रबार कुटपिट भएको छ । सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत मनोजकुमार साहमाथि कुटपिट भएपछि दिउँसो १२ बजेपछि कार्यालयको कामकाज ठप्प भएको छ ।

लेखापढी व्यवसायी गौरीशंकर यादवले आफूमाथि कुटपिट गरेको साहले बताए । ‘कामको अत्यधिक चाप रहेको बेला आएका लेखापढी व्यवसायी यादवले काम चाँडो गर्नदिन भनेको र काम गर्न ढिलाई भएपछि कक्षमै दुर्व्यवहार गर्दै हातपात गरे’ उनले भने–‘त्यसपछि आफू हाकिमकै कक्षमा जान लाग्दा पनि गालीगलौच गर्दै कुटपिटसम्म गरे ।’

न्याय गुहार्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन पनि दिएको जानकारी गराउँदै उनले त्यस्ता प्रकारका कार्यले राष्ट्रसेवक कर्मचारीको मनोमल कमजार भइरहेकाले लेखापढी व्यवसायी यादवलाई कानुनी दायरामा ल्याई कारवाही हुनुपर्ने माग गरे ।

उता, जिल्ला प्रहरी कार्यालयका डीएसपी भूवनेश्वर प्रसाद साहले निवेदनको आधारमा कुटपिटमा संलग्न भनिएको व्यक्तिलाई नियन्त्रणमा लिएको बताए । ‘निवेदनअनुसार कुटपिटमा संलग्न रहेको एक जनालाई नियन्त्रण लिई आवश्यक अनुसन्धान भइरहेको छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]