२५ कार्तिक २०८२, मंगलबार
11-11-2025 , Tue
×

मालपोतका एक कर्मचारीमाथि कुटपिट

Logo
प्रकाशित शुक्रबार, माघ ०९, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,९ माघ।भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका एक कर्मचारीमाथि शुक्रबार कुटपिट भएको छ । सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत मनोजकुमार साहमाथि कुटपिट भएपछि दिउँसो १२ बजेपछि कार्यालयको कामकाज ठप्प भएको छ ।

लेखापढी व्यवसायी गौरीशंकर यादवले आफूमाथि कुटपिट गरेको साहले बताए । ‘कामको अत्यधिक चाप रहेको बेला आएका लेखापढी व्यवसायी यादवले काम चाँडो गर्नदिन भनेको र काम गर्न ढिलाई भएपछि कक्षमै दुर्व्यवहार गर्दै हातपात गरे’ उनले भने–‘त्यसपछि आफू हाकिमकै कक्षमा जान लाग्दा पनि गालीगलौच गर्दै कुटपिटसम्म गरे ।’

न्याय गुहार्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन पनि दिएको जानकारी गराउँदै उनले त्यस्ता प्रकारका कार्यले राष्ट्रसेवक कर्मचारीको मनोमल कमजार भइरहेकाले लेखापढी व्यवसायी यादवलाई कानुनी दायरामा ल्याई कारवाही हुनुपर्ने माग गरे ।

उता, जिल्ला प्रहरी कार्यालयका डीएसपी भूवनेश्वर प्रसाद साहले निवेदनको आधारमा कुटपिटमा संलग्न भनिएको व्यक्तिलाई नियन्त्रणमा लिएको बताए । ‘निवेदनअनुसार कुटपिटमा संलग्न रहेको एक जनालाई नियन्त्रण लिई आवश्यक अनुसन्धान भइरहेको छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]