१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

Logo
प्रकाशित शनिबार, माघ १०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० माघ । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ९ आदर्श नगर निवासी प्रियंका कुमारी गर्भवती थिइन् । माघको अन्तिम साता उनको बच्चा जन्मिने तिति निर्धारण गरिएको थियो ।

उनको परिवार प्रसुतीका निम्ति तयारीमा जुटेका थिए । तर एक महिना अगाडि नै प्रियंकालाई दुखाई शुरु भयो । दुखाई सँगसँगै सालनाल पनि निस्केर रक्तश्राव हुन थालेपछि गत पुस २६ गते उनलाई काव्य अस्पताल ल्याइयो ।

अस्पताल ल्याइएपछि तत्कालै शल्यकृया गरी शिशु निकालियो । निकालिएका शिशु (छोरा) को स्वास्थ्य अवस्था भने खतरापूणर् थियो । साँस लिनै नसक्ने अवस्थामा रहेका बालक बाँच्छ कि बाँच्दैन भन्ने अवस्था देखियो ।
समय नपुगेर जन्मिएका ती बच्चालाई साँस लिन कठिनाई भइरहेका बेला उनको ज्यान चिकित्सकको सहयोगमा जोगिएको छ ।

३४ हप्तामै जन्मिएका बालकको फोक्सोको समेत विकास नभएको अवस्थामा साँस फेर्न गाह्रो थियो । ती बच्चालाइ भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएको थियो । तर, बाल रोग विशेषज्ञ डा. लव कुमार साहले शुरुदेखि नै उपचार गरेर बच्चाको ज्यान जोगाएका छन् ।

‘महिना नपुगेर जन्मिँदा साँस लिन समस्या हुन्छ । त्यत्तिबेला फोक्सोको विकास भएको हुँदैन्’ डा. साह भन्छन्, “त्यस बेला उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था देखियो । तर न्यूनतम प्रयासमै बच्चा सामान्य अवस्थामा आएका छन् ।” डा. साहका अनुसार काठमाडौंबाट कृत्रिम साँस लिने सरफेक्टेन्ट मगाएर लगाएपछि न्यूनतम अक्सिजन र न्यूनतम मेसिनमै बच्चा सामान्य अवस्थामा आएका छन् ।

जन्मिएका बच्चाको तौल पनि २ किलो ३ सय ग्राम मात्रै थियो । जबकी जन्मिएको शिशुको तौल कम्तीमा अढाई किलोमाथि हुनुपर्दछ । तर, उपचार गर्दा तौल पनि सुधार भएको डा. साहले बताए ।

साहका अनुसार सामान्य अवस्थामा आइसकेको बच्चालाई शनिबार डिस्जार्च गर्ने तयारी भएको छ ।

खतरापूणर् अवस्था रहेको शिशुको ज्यान जोगाएकोमा शिशुका पिता विकास भारद्धाजले डा. साहलाई धन्यवाद दिएका छन् । ‘साँच्चिकै बच्चाको अवस्था धेरै खराब थियो’ उनले भने, “तर डा. साबले जोगाइदिनुभएछ । उहाँलाई धेरै-धेरै धन्यवाद छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]