२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

सिराहाकाे जीवाखाेलाको पुलनजिकै राखिएको बम नेपाली सेनाद्वारा डिस्पोज

Logo
प्रकाशित शनिबार, माघ १०, २०७७

न्यूजमधेश डेस्क
सिरहा,१० माघ।पूर्व–पश्चिम राजमार्जअन्तर्गत सिराहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलनजिकै प्रेसर कुकरमा हातले बनाएर राखिएको विस्फोटक वस्तु (बम) इप्रोभाइज एक्सपोलिसिभ डिभाइस (आइडी) फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान प्रेसर कुकरमा राखिएको अवस्थामा उक्त विस्फोटक वस्तु भेटिएपछि चोहर्वास्थित श्री शेर गणबाट नेपाली सेनाको डिस्पोजल टोली पुगेर डिस्पोज गरेको छ ।

उक्त विस्फोटक वस्तु कसले र के प्रायोजनको लागि राखेको हो भन्ने खुलीनसकेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बम राखिएको हल्लापछि अवरुद्ध राजमार्ग पूर्ण रुपमा सुचारु भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]