२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

२ नम्बर प्रदेशका दुई जिल्लाबाट ३ वटा पेस्तोलसहित २ जना पक्राउ

Logo
प्रकाशित शनिबार, माघ १०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१० माघ।प्रदेश नम्बर २ का सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय अरुण मिश्र रहेका छन् । उनलाई कविलासी नगरपालिका-१० चमेलीमाइबाट हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए ।

उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ ।

यस्तै, धनुषाको जनकपुरधाम उप-महानगरपालिका-१९ बाउन्न बिघास्थित बाटोबाट लक्ष्मीनियाँ गाउँपालिका-१ सोहनीका १९ वर्षीय विवेक यादव पनि पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा उनको शरीर खानतलासी गर्दा २ थान नलकटुवा पेस्तोल फेला परेको प्रहरी धनुषका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखी हातहतियार मुद्दा शीर्षकमा म्याद थप गराई अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]