२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

नेताले बाटो बिराएको आरोप

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ माघ।तत्कालीन नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्र नारायण सिंहको शनिवार १९ औं पुण्यतिथि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।शनिबार जनकपुरधाममा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र धनुषाले पुण्य तिथिको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले नेताले बाटो बिराएको आरोप लगाएका छन्।

अध्ययन केन्द्रले आयोजना गरेको अधिकार, पहिचान, संघर्ष र गजेन्द्र नारायण सिंह विषयको अन्तरक्रिया कार्यक्रमका सहभागीले वर्तमान समयको नेताले बाटो बिराएको बताएका हुन्।सहभागीहरूले नेता व्यक्तिगत स्वार्थ र नातावादमा लिप्त भएर बाटो बिराएको तर्क गरका थिए े ।

सहभागी अर्जुन जयसवालले नेताको स्वकीय सचिवदेखि महत्वपूर्ण योजनामा नातावाद पसेको गुनासो गरे। ‘गजेन्द्र बाबुको सिद्धान्त विपरीत मधेशी नेता पनि आफ्नै नातेदारको नेता भएका छन,’ उनले भने, ‘जनताको मिहिनेतले मन्त्री बनेकाहरू पनि परिवारवादमै लिप्त छन्।’ प्रदेशका मन्त्रीहरू अधिकार, पहिचान र संघर्ष लागि नभई पैसा कमाउन राजनीतिलाई पेशा बनाएको सहभागीहरूले गुनासो गरेका थिए ।

राजनीति जनताको सेवाको लागि भएको भन्दै परिवारको सेवा गर्ने गरको सहभागीको भनाइ थियो। सहभागीले गजेन्द्र बाबुको योगदान सम्झेर पुनः त्यही बाटोमा आए मात्र अधिकार प्राप्त हुने बताएका थिए । कार्यक्रममा स्वर्गीय नेता गजेन्द्र सिंहको योगदान, सिद्धान्त र लक्ष्य नेताहरूले सम्झेर त्यसै बाटोमा अग्रसर हुन जोड दिए ।

गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र धनुषाका अध्यक्ष सञ्जय कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ समाजिक विकास मन्त्री नवल किसोर साहको प्रमूख अतिथ्यता रहेको थियो।

यस्तै, प्रदेश सभा सदस्य परमेश्वर साह, सुरिता साह, नगर प्रमुख लाल किसोर साह लगायत जनता समाजवादी पार्टी निकट नेता एवं विभिन्न भातृ संगठनको सदस्यहरूकोसमेत उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]