२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

नेताले बाटो बिराएको आरोप

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ माघ।तत्कालीन नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्र नारायण सिंहको शनिवार १९ औं पुण्यतिथि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।शनिबार जनकपुरधाममा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र धनुषाले पुण्य तिथिको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले नेताले बाटो बिराएको आरोप लगाएका छन्।

अध्ययन केन्द्रले आयोजना गरेको अधिकार, पहिचान, संघर्ष र गजेन्द्र नारायण सिंह विषयको अन्तरक्रिया कार्यक्रमका सहभागीले वर्तमान समयको नेताले बाटो बिराएको बताएका हुन्।सहभागीहरूले नेता व्यक्तिगत स्वार्थ र नातावादमा लिप्त भएर बाटो बिराएको तर्क गरका थिए े ।

सहभागी अर्जुन जयसवालले नेताको स्वकीय सचिवदेखि महत्वपूर्ण योजनामा नातावाद पसेको गुनासो गरे। ‘गजेन्द्र बाबुको सिद्धान्त विपरीत मधेशी नेता पनि आफ्नै नातेदारको नेता भएका छन,’ उनले भने, ‘जनताको मिहिनेतले मन्त्री बनेकाहरू पनि परिवारवादमै लिप्त छन्।’ प्रदेशका मन्त्रीहरू अधिकार, पहिचान र संघर्ष लागि नभई पैसा कमाउन राजनीतिलाई पेशा बनाएको सहभागीहरूले गुनासो गरेका थिए ।

राजनीति जनताको सेवाको लागि भएको भन्दै परिवारको सेवा गर्ने गरको सहभागीको भनाइ थियो। सहभागीले गजेन्द्र बाबुको योगदान सम्झेर पुनः त्यही बाटोमा आए मात्र अधिकार प्राप्त हुने बताएका थिए । कार्यक्रममा स्वर्गीय नेता गजेन्द्र सिंहको योगदान, सिद्धान्त र लक्ष्य नेताहरूले सम्झेर त्यसै बाटोमा अग्रसर हुन जोड दिए ।

गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र धनुषाका अध्यक्ष सञ्जय कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ समाजिक विकास मन्त्री नवल किसोर साहको प्रमूख अतिथ्यता रहेको थियो।

यस्तै, प्रदेश सभा सदस्य परमेश्वर साह, सुरिता साह, नगर प्रमुख लाल किसोर साह लगायत जनता समाजवादी पार्टी निकट नेता एवं विभिन्न भातृ संगठनको सदस्यहरूकोसमेत उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]