२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

१९ वर्षकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्दै

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ माघ।भारतको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी १९ वर्षकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्ने भएकी छन् ।

राष्ट्रिय बालिका दिवस (२४ जनवरी) को अवसर पारेर गोस्वामीलाई एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बनाइन लागेको हो । बीबीसी हिन्दीले यससँगै उनी उत्तराखण्डकी पहिलो महिला मुख्यमन्त्री बन्ने जनाएको छ ।

उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् भने त्यहाँका विभागीय कार्यका बारेमा जानकारी लिनेछिन् । त्यसबखत विभागका कर्मचारीले आफ्नो प्रस्तुति दिने बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।

भारतीय समयअनुसार आइतबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म आयोजना हुने उक्त कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि सहभागी हुनेछन् ।

उत्तराखण्डस्थित बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष् उष नेगीले एक दिनको मुख्यमन्त्री बनाउने पहलको उद्देश्य युवतीहरुमा सशक्तिकरण फैलाउनु रहेको बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]