२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

१९ वर्षकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्दै

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ माघ।भारतको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी १९ वर्षकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्ने भएकी छन् ।

राष्ट्रिय बालिका दिवस (२४ जनवरी) को अवसर पारेर गोस्वामीलाई एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बनाइन लागेको हो । बीबीसी हिन्दीले यससँगै उनी उत्तराखण्डकी पहिलो महिला मुख्यमन्त्री बन्ने जनाएको छ ।

उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् भने त्यहाँका विभागीय कार्यका बारेमा जानकारी लिनेछिन् । त्यसबखत विभागका कर्मचारीले आफ्नो प्रस्तुति दिने बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।

भारतीय समयअनुसार आइतबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म आयोजना हुने उक्त कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि सहभागी हुनेछन् ।

उत्तराखण्डस्थित बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष् उष नेगीले एक दिनको मुख्यमन्त्री बनाउने पहलको उद्देश्य युवतीहरुमा सशक्तिकरण फैलाउनु रहेको बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]