१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

राजविराजमा प्रेस युनियनको कार्यालय स्थापना

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,११ माघ । नेपाल प्रेस युनियन सप्तरीको कार्यालय स्थापना भएको छ । सदरमुकाम राजविराजमा स्थापना भएको कार्यालयको शनिबार एक कार्यक्रमका बीच युनियनका महासचिव अजयबाबु शिवाकोटीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा शिवाकोटीले युनियनको आफ्नै कार्यालय स्थापना हुनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले यसले सप्तरी जिल्लाका साथीहरुलाई युनियनको गतिविधि सञ्चालन गर्न थप मद्दत पुग्ने बताउँदै सङ्गठनलाई थप सशक्त बनाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा नेपाली कांग्रेस जिल्लाका सचिव रामकुमार यादवले लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसले नै लोकतन्त्र र सङ्घीयताको रक्षा गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ एवं प्रेस युनियनका केन्द्रीय सदस्य माधव चौलागाईँ, नेपाल प्रेस युनियन सप्तरीका संस्थापक संयोजक गणेशलाल देव, संस्थापक कोषाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्वअध्यक्ष धीरेन्द्रप्रसाद साह, युनियनका केन्द्रीय पार्षद् एवं नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्वअध्यक्ष मुरलीप्रसाद यादव, युनियनका पूर्व जिल्ला अध्यक्ष ओमप्रकाश साहसहितले मन्तव्य व्यक्त गर्नुभएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]