१६ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सिरहामा बसको ठक्करबाट दुई युवकको मृत्यु

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७

न्यूजमधेश डेस्क
सिरहा,११ माघ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० मनहर्वामा शनिबार यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व आइरहेको ज८प ८४६४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना६ख ५२४८ नंको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषाको सवैला नगरपालिका–१३ निवासी १८ वर्षीय सचिन महतो र २३ वर्षीय सुशील महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुवैको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई धनुषाको ढल्केबरबाट नियन्त्रणमा लिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]