१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

प्रधानमन्त्रीले दिए मुख्यमन्त्री राईलाई दाम्पत्य जीवनको शुभकामना

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,११ माघ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । विवाह समारोहमा पुगेर उनले दुलाहा-दुलहीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिएका हुन ।

आज मुख्यमन्त्री राई र पूर्व मिस मंगोल जाङ्मु शेर्पा वैवाहिक बन्धनमा बाँधिएका हुन् । सीमित व्यक्तिहरुबीच भएको विवाहमा केही आफन्त तथा केही नेताहरुको उपस्थिति रहेको थियो ।

४९ वर्षीय मन्त्री राईले आफूभन्दा आधा उमेरकी संखुवासभाकी २३ वर्षीय शेर्पासँग काठमाडौंको एलिस पार्टी प्यालेसमा विवाह गरेका हुन् । आफ्नो जातीय पोशाकमा सजिए र राई र शेर्षाले धुमधामसाथ विवाह गरेका हुन ।

ज्याङ्मु र मुख्यमन्त्री राई एक वर्षदेखि प्रेममा थिए। मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]