रञ्जन भण्डारी
महोत्तरी,१२माघ।लालपुर्जा हातमा पर्दा महोत्तरीको बल्वा नगरपालिका वडा नम्बर ६ का ७० वर्षीय माधो मण्डलको खुसीको सीमा रहेन । उनले लालपुर्जा समात्नुअघि र समातेपछि पनि नमस्कार गर्दै भने, ‘लालपुर्जा दिनभो, धन्यवाद ।’ बल्वा नगरपालिकाका मेयर विनोद यादवले लालपुर्जा थमाउँदा उनी नियालेर हेरिरहेका थिए । उनले वर्षौँपछि लालपुर्जा पाएका थिए ।

त्यही गाउँकी पवीदेवी मण्डलले पनि लालपुर्जा पाउँदा खुसी जनाइन् । नाति–पनातिनी हुँदा पनि कागजात नहुँदा लालपुर्जा नपाएकी उनले भनिन्, ‘बल्ल आफ्नो जग्गा भयो ।’उनका छिमेकी ७० वर्षीय खोदादिन अन्सारीको अनुहारमा पनि चमक थियो । ‘जग्गा भए पनि लालपुर्जा नहुँदा चिन्ता थियो, कसैले लग्ने पो हो कि भन्ने डर थियो,’ अन्सारीले भने, ‘अब आफ्नै जग्गा भएको छ ।’

महोत्तरीको बल्वा नगरपालिका–६ का वासिन्दाले चार पुस्तापछि आफ्नो जग्गाको लालपुर्जा पाएका छन् । चार पुस्तादेखि बस्दै आएका भए पनि उनीहरूसँग लालपुर्जा थिएन । अहिले जिल्ला नापी कार्यालयले बल्वा–६ का पाँच सय दुई परिवारलाई लालपुर्जा वितरण गरेको हो । नापी, मालपोत र बल्वा नगरपालिकाले विभिन्न सरोकारवाला निकायको उपस्थितिमा लालपुर्जा प्रदान गरेको छ ।

यो क्षेत्रमा ०७० मै नापी भएको थियो । तर, उनीहरूसँग कागजात नहुँदा लालपुर्जा पाउन सकेका थिएनन् । वर्षौँदेखि भोगचलन गर्दै आएका परिवारलाई लालपुर्जा वितरण गर्न थालिएको बल्वा नगरपालिका मेयर विनोद यादवले बताए । उनले वास्तविक जग्गाधनीले लालपुर्जा पाउनेमा विश्वस्त रहन आग्रह गर्दै सार्वजनिक र सामुदायिक जग्गाको संरक्षण गर्न नापी, मालपोत तथा नगरपालिकासमेत प्रतिबद्ध रहेको बताए ।

नापी कार्यालय महोत्तरीका प्रमुख राकेशकुमार झाले आफू महोत्तरी आएको एक महिनाभित्रै लालपुर्जा वितरण गर्न सुरु गरेको बताए । यसअघि गौशालाका बासिन्दालाई लालपुर्जा वितरण गरेको र अहिले बल्वामा वितरण भइरहेको उनले बताए । अब जिल्लाभरि नै लालपुर्जा वितरण गरिने उनको भनाइ छ ।

भण्डारी

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2021 News Madhesh