०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

जनमत पार्टीको प्रथम विष्णुपुर गाउपालिका अधिवेशन सम्पन्न

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१२ माघ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको विष्णुपुर गाउपालिकामा प्रथम गाउपालिका अधिवेशन सम्पन्न गरेको छ ।

सोमबार गाउपालिका वडा नम्बर ५ कुट्टीचौकमा गंगा यादवको अध्यक्षतामा अधिवेशन भएको हो ।  सो कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीका केन्द्रीय सदस्य राजकुमार यादव रहेको थियो।

अधिवेशनबाट सर्वसहमतिले रामचन्द्र यादवको नेतृत्वमा २१ सदस्य कार्यकारणी समिति चयन गरेको छ । उपाध्यक्षमा अमिन यादव ,सचिव सैलेन्द्र यादव ,सहसचिवमा रामवृक्ष यादव ,कोषाध्यक्षमा श्याम कामति रहेको छ । त्यसैगरी सदस्यमा अशोक यादव, अम्बिका कुमारी सदा,ममता पासवान ,गीता देवी पासमानसहित २१ जनाको कार्यसमिति रहेको विद्यार्थी नेता संजय यादवले जानकारी दिए ।

यादवका अनुसार कार्यक्रममा जनमत पार्टी सिरहाका ईन्चार्ज विजय साह ,गैर आवासीय मधेसी संघका विदेश विभाग सदस्य निर्मल मण्डल ,विद्यार्थी जनमत संघका केन्द्रीय अध्यक्ष पोषण यादवसहित स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति समेत रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]