१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

जनमत पार्टीको प्रथम विष्णुपुर गाउपालिका अधिवेशन सम्पन्न

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१२ माघ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको विष्णुपुर गाउपालिकामा प्रथम गाउपालिका अधिवेशन सम्पन्न गरेको छ ।

सोमबार गाउपालिका वडा नम्बर ५ कुट्टीचौकमा गंगा यादवको अध्यक्षतामा अधिवेशन भएको हो ।  सो कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीका केन्द्रीय सदस्य राजकुमार यादव रहेको थियो।

अधिवेशनबाट सर्वसहमतिले रामचन्द्र यादवको नेतृत्वमा २१ सदस्य कार्यकारणी समिति चयन गरेको छ । उपाध्यक्षमा अमिन यादव ,सचिव सैलेन्द्र यादव ,सहसचिवमा रामवृक्ष यादव ,कोषाध्यक्षमा श्याम कामति रहेको छ । त्यसैगरी सदस्यमा अशोक यादव, अम्बिका कुमारी सदा,ममता पासवान ,गीता देवी पासमानसहित २१ जनाको कार्यसमिति रहेको विद्यार्थी नेता संजय यादवले जानकारी दिए ।

यादवका अनुसार कार्यक्रममा जनमत पार्टी सिरहाका ईन्चार्ज विजय साह ,गैर आवासीय मधेसी संघका विदेश विभाग सदस्य निर्मल मण्डल ,विद्यार्थी जनमत संघका केन्द्रीय अध्यक्ष पोषण यादवसहित स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति समेत रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]