१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

सप्तरीमा लागुऔषधसहित पाँच पक्राउ

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,१२ माघ । लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा जिल्लाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज एक महिलासहित पाँच जनालाई पक्राउ गरेको छ ।

सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित म्याजिक स्टेशनबाट बा४८प २५१ नम्बरको मोटरसाइकल जाँच गर्दा उदयपुरको त्रियुगा नगरपालिका–१० का २१ वर्षीय निराजन रायमाझी र मोटरसाइकल पछाडि सवार वडा नं २ जोगी दहका २७ वर्षीय बलराम दाहाल खत्री पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट १५ ट्याब्लेट निप्राभेट, २४ ट्याब्लेट स्पाफ्मो प्रोक्सिभोन पुल, पाँच बोतल डाइलेक्स डिसी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

पक्राउ परेका आरोपितसँग थप अनुसन्धान गर्दा कञ्चनरुप नगरपालिका–८ की २५ वर्षीया बविता राउत पक्राउ परेकी छिन् । राउतको घरबाट २५० ग्राम गाँजा, ४० ट्याब्लेट नाइट्रोसन, १५ ट्याब्लेट नाईट्राभेट, ४० क्याप्सुल स्पामो प्रोक्सिभन, तीन वटा डाईल्याब, चार एम्पुल लिजेसिक, छ एम्पुल प्रोमेथाजन र दुई बोतल डाइलेक्स डिसी बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीबाट खटिएको प्रहरी टोलीले तीन जनाविरुद्ध लागुऔषध मुद्दामा कारवाही थालेको छ ।

यसैगरी सप्तरीको डाक्नेस्वरी नगरपालिका–३ हटेलबाट प्रदेश–।२–०३–००७ प ७३१९ नम्बरको मोटरसाइकलमा आइरहेका शम्भुनाथ नगरपालिका–२ का २६ वर्षीय जिगेन्द्रकुमार साह र वडा नं–३ का २० वर्षीय सदाम मियाँ पक्राउ परेका छन् । उनीहरुका साथबाट ३६० गोटी रहेको १२ पत्ता नाइट्रोभेट ट्याब्लेट र २० ग्राम गाजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरी लागुऔषध मुद्दामा कारवाही थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]