२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

सप्तरीमा लागुऔषधसहित पाँच पक्राउ

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,१२ माघ । लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा जिल्लाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज एक महिलासहित पाँच जनालाई पक्राउ गरेको छ ।

सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित म्याजिक स्टेशनबाट बा४८प २५१ नम्बरको मोटरसाइकल जाँच गर्दा उदयपुरको त्रियुगा नगरपालिका–१० का २१ वर्षीय निराजन रायमाझी र मोटरसाइकल पछाडि सवार वडा नं २ जोगी दहका २७ वर्षीय बलराम दाहाल खत्री पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट १५ ट्याब्लेट निप्राभेट, २४ ट्याब्लेट स्पाफ्मो प्रोक्सिभोन पुल, पाँच बोतल डाइलेक्स डिसी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

पक्राउ परेका आरोपितसँग थप अनुसन्धान गर्दा कञ्चनरुप नगरपालिका–८ की २५ वर्षीया बविता राउत पक्राउ परेकी छिन् । राउतको घरबाट २५० ग्राम गाँजा, ४० ट्याब्लेट नाइट्रोसन, १५ ट्याब्लेट नाईट्राभेट, ४० क्याप्सुल स्पामो प्रोक्सिभन, तीन वटा डाईल्याब, चार एम्पुल लिजेसिक, छ एम्पुल प्रोमेथाजन र दुई बोतल डाइलेक्स डिसी बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीबाट खटिएको प्रहरी टोलीले तीन जनाविरुद्ध लागुऔषध मुद्दामा कारवाही थालेको छ ।

यसैगरी सप्तरीको डाक्नेस्वरी नगरपालिका–३ हटेलबाट प्रदेश–।२–०३–००७ प ७३१९ नम्बरको मोटरसाइकलमा आइरहेका शम्भुनाथ नगरपालिका–२ का २६ वर्षीय जिगेन्द्रकुमार साह र वडा नं–३ का २० वर्षीय सदाम मियाँ पक्राउ परेका छन् । उनीहरुका साथबाट ३६० गोटी रहेको १२ पत्ता नाइट्रोभेट ट्याब्लेट र २० ग्राम गाजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरी लागुऔषध मुद्दामा कारवाही थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]