२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

घुमौं पुर्व प्रदेश नम्बर १ अभियान सुरु

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१२ माघ । ‘घुमौं पूर्व प्रदेश नम्वर १’ भन्ने मुख्यः नारासहित अभियान सुरु भएको छ । १ नम्बर प्रदेशका पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा यो अभियान प्रारम्भ भएको हो । आन्तरिक पर्यटन पुनरूत्थान एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित अभियान १० माघ २०७७ मा जनकपुरबाट सुरु भएको हो ।

अभियानको प्रवर्द्धक नेपाल पर्यटन वोर्ड रहेको छ । नेपाल एशोसिएसन टुर एण्ड ट्राभल एजेण्टस् नाटा १ नम्वर प्रदेश तथा होटल संघ नेपाल पूर्व शाखाको संयोजकत्वमा विटुविका लागि टोलीले जनकपुर, चितवन, पोखरा, लुम्बिनी र पाल्पाका पर्यटन व्यवसायीबीच छलफल गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीले अन्तराष्ट्रिय पर्यटन बजारमा प्रचलित ब्यवसायी ब्यवसायी बीचको ब्यवसाय प्रबर्द्धन गरिने छलफल बिटुबीलाई नेपाली मोडेलमा प्रदेशको तहमा ब्यापक बनाउने उद्देश्यले यो अभियान आयोजना गरिएको जानकारी दिए ।

अभियानका दौरान एक आपसमा आन्तरिक पर्यटकको संख्यामा बृद्धि गर्न विभिन्न ठाउँका धार्मिक एवम् पर्यटकीय क्षेत्रका विकास, प्रवर्द्धन र प्रचार प्रसारका लागि के कस्ता उपायहरू अघि सार्न सकिन्छ भन्ने विषयमा सम्वद्ध व्यवसायीबीच छलफल हुने भएको छ । यस अभियान अन्तरगत ब्यवसायीबीच सहकार्य गराई आन्तरिक पर्यटकका लागि भ्रमण प्रबर्द्धनबाट पर्यटनले गति लिने अपेक्षा गरिएको छ ।

टोलीमा नेपाल पर्यटन बोर्डका अधिकृत प्रेमप्रसाद भट्टराई, आन्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन अभियानका संयोजक भविशकुमार श्रेष्ठ, नाटा प्रदेश नम्वर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, अभियानका सहसंयोजक वासुदेव बराल, विराटनगरका होटल व्यवसायी राजन श्रेष्ठ, नाटाका महासचिव नविन खरेल, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, नाटाका प्रदेश सदस्य ज्ञानमणि नेपाल, ईटहरीका होटल व्यवसायी जीवन पराजुलीलगायत सहभागी छन् । बिटुबी कार्यक्रम जनकपुर, चितवन, पोखरा र पाल्पा हुँदै १५ माघमा लुम्बिनीमा सम्पन्न हुने भएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]