२६ पुष २०८२, आइतबार
11-01-2026 , Sun
×

भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

न्यूजमधेश डेस्क
नयाँदिल्ली, १३ माघ । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् ।

कृषि सम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक रुपमा ट्याक्टर र्याली निकालेका हुन् ।

राजधानी नयाँदिल्लीको चक्रपथमा किसानहरुले ट्याक्टर र्याली निकालेपछि सुरक्षाकर्मीसँग झडप समेत भएको थियो ।

गणतन्त्र दिवसका अवसरमा आयोजित परेड प्रदर्शन कार्यक्रमलाई असर पार्न लागेकाले किसानहरुको ट्याक्टर र्यालीमा हस्तक्षेप गर्नु परेको सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् ।

भारतमा किसानहरुको आन्दोलन लामो समयदेखि चलिरहेको छ भने वार्ता पनि पटक पटक भएका छन् । तर वार्तामा सहमति नभएकाले आन्दोलनले निरन्तरता पाइरहेको छ । किसान आन्दोलन पछिल्लो समय केन्द्रीय राजधानी नयाँदिल्ली केन्द्रित भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]