०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

निहारिकाले ५ बुँदे सहमतिपछि तोडिन् अनशन

न्यूजमधेश डेस्क काठमाडौं,३ असार । न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि आमरण अनशनमा बसेकी महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिका राजपुतले अनशन तोडेकी छन् । बिहीबार निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाँणको […]

न्यूजमधेश डेस्क काठमाडौं,३ असार। आज शुक्रबार प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ असार । उच्च अदालत जनकपुरले निहारिका राजपूतले दायर गरेको जबर्जस्ती करणी मुद्दामा आरोपितलाई झिकाउने आदेश दिएको छ । न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले जबर्जस्ती करणीका आरोपित धनुषाको क्षिरेश्वरनाथ नगपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउन आदेश दिएको छ । निहारिकाले गत असोजमा उच्च अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । […]

न्यूजमधेश डेस्क काठमाडौं,२ असार । भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर आएको छ । भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ […]

न्यूजमधेश डेस्क बारा,२ असार । मुख्यमन्त्री लालबाबु राउतले दोश्रो अन्तराष्ट्रिय विमान स्थल निजगढ कुनै पनि बहानामा सार्न नमिल्ने बताएको छ। । निजगढमा विमान स्थल बन्नु पर्ने मांग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समिति संगको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश प्रदेशको विकासका लागी अतिमहत्वपूर्ण निजगढ विमान स्थान सार्ने खेल आफुहरुलाई स्वीकार्य नहुने बताएको छ । सर्वोच्च […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ असार। जनकपुरमा प्रेम विवाह गरेकी एक युवतीलाई हत्याको प्रयास भएको घटना खुलासा भएको छ । ८ महिना अघि अन्तरजातीय प्रेम विवाह गरेकी सिन्धुलीको गोलञ्जर गाउँपालिका वडा २ बस्ने डम्बर कार्कीकी छोरी २२ वर्षीया राधिका कार्की चरम करेन्ट लगाएर चरम यातना दिइ हत्याको प्रयास भएको हो । प्रेमी धनुषाको सखुवा महेन्द्रनगर घर भई […]

न्यूजमधेश डेस्क काठमाडौं,२ असार।चुरे क्षेत्रको संरक्षणमा जोड दिँदै आज आठौँ चुरे दिवस मनाइँदैछ । चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिनलाई हरेक वर्ष चुरे दिवसको रूपमा मनाउने गरिएको छ । दिवसका अवसरमा राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यसपालि एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोप्न लागेको छ । वृक्षारोपण अभियानको […]

न्यूजमधेश डेस्क काठमाडौं,२ असार। प्रतिनिधि सभाको बैठक आज पनि बस्न लागेको छ। दिउँसो १ बजे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनु हुनेछ । आज रक्षा […]