०८ साउन २०८१, बुधबार
24-07-2024 , Wed
×

ठूला दल मिल्दा मुलुक एकतन्त्रीय शासनमा जानसक्छ : डा. शशांक कोइराला

Logo
न्यूजमधेश प्रकाशित बुधबार, आषाढ १९, २०८१

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले सरकार गठनकै लागि दुई ठूला दल एकापसमा मिल्दा मुलुक एकतन्त्रीय शासनतर्फ जानसक्ने खतरा बढ्ने बताएका छन् ।

नेपाल प्रेस युनियन सुनसरीले आज (बुधबार) इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन् ।

संसदको दोस्रो ठूलो दल नेकपा एमालेसँगै नयाँ सत्ता समीकरण बनाएर सरकारमा सहभागी हुन पाएकोमा कांग्रेसका अरु शीर्ष नेताले उत्साहपूर्ण अभिव्यक्ति दिइरहेका बेला सोही दलका शीर्ष तहका नेता कोइरालाको भने फरक मत आएको हो ।

‘लोकतन्त्रको सुन्दर पक्ष भनेको बलियो विपक्षी हो । तर, दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्नसक्छ’, उनले भने । सत्तापक्षको कमजोरीमा प्रश्न उठाउन नसक्ने विपक्षी भए कसरी लोकतन्त्र बलियो हुन्छ भन्दै कोइरालाले प्रतिप्रश्न गरे ।

कांग्रेसकै कारण कम्युनिष्ट स्थापित भएको दाबी गर्दै कोइरालाले नेपालमा कम्युनिष्टसँग मिल्नु हुन्न भन्ने पक्षमा आफ्नो मान्यता रहेको सुनाए । ‘चुनाव हार्ना साथ उनीहरूसँग मिल्नु पर्ने केही कारण छैन’, उनको भनाइ छ ।

संघीयता कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न विकेन्द्रीकरणलाई पूर्ण रूपमा लागु गर्नुपर्ने कोइरालाको सुझाव थियो । राजनीतिक दलहरूले समेत आन्तरिक रूपमा विकेन्द्रीकरण अनुशरण गर्दै कार्यान्वयनमा जानुपर्ने कोइरालाले बताए । उनले भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र विकेन्द्रीकरणबाटै थप सुदृढ हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले […]

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक सङ्घीय संसद् भवन बानेश्वरमा आज दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले थारु आयोगको पाँचौँ वार्षिक […]

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया […]