०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

कतारमा अलपत्र श्रमिकको उद्धार

न्यूजमधेश डेस्क काठमाडौं ,२६ भाद्र । हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ । कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ भाद्र। जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् । अध्यक्ष यादव निकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल बिस्तार गरे पहिलो चरणमा दुईजनाको मात्रै नाम दिने सोच उनले बताएका छन् । दोस्रो चरणमा चारजनाको नाम दिने भएका छन् […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ भाद्र। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र । पछिल्लो समयमा यूट्यूबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेशा व्यवसाय बनाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्रिके मौलाएको छ । राम्रै आम्दानी हुने भए पनि उक्त क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा पेश गर्नुभएको चालु आर्थिक […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र । दोस्रो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीसामु जितका लागि २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानमा जारी एकदिवसीय सिरिजअन्तर्गत आज डे नाइट खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो । सङ्कटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ भाद्र । गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा प्रदेश २ को रौतहट जिल्ला प्रथम हुन सफल भएको छ । गृह मन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७÷७८ को कार्यसम्पादन मुल्यांकनको नतिजामा रौतहट पहिलोे नम्बरमा परेको हो । जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडियो) ईन्द्रदेव यादव कार्यसम्पादनमा विभिन्न कठिनाईका बावजुद प्रथम […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार मोटरसाइकल र्याली निकालेको छ । भ्रष्टाचार विरुद्धको नारासहित महोत्तरीको एकडारा गाउँपालिका ४ हलखोरीबाट निकालिएको र्यालीले चकवा ,पर्सा ,भातौलिया ,अजमरपट्टि ,बखरी चौक हुँदै गाउँपालिकाको परिक्रमा गरेको थियो । र्‍याली एकडारा, बेला,भागैहिया हुँदै अजगेवा पुगेर कोण सभामा परिणत भएको पार्टीले जनाएको छ । मोटरसाइकल र्यालीमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र ।राजनीतिक परिवर्तनको आन्दोलनमा सहिद भएका परिवारलाई सरकारले ३ हजारको महिना दिने घोषणा गरेको छ । शुक्रबार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विभिन्न आन्दोलनमा शहिद भएकाको परिवारलाई जीवनवृत्ति बापत मासिक ३ हजार प्रदान गर्ने व्यवस्था गरेको उनले बताए । यस्तै मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र […]