०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

सत्ता साझेदार दलको बैठक जारी

न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल, मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उच्च अधिकारीसँग आज हुने भेटवार्तामा सत्ता साझेदार दलको समान धारणा बनाउन सत्तारूढ पाँच दलका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवासमा जारी छ । बुधबारदेखि सुरु भएको संसद्लाई प्रमुख विपक्षी दलले सहज ढङ्गले सञ्चालन गर्न नदिएको […]

न्यूजमधेश डेस्क राजविराज, २५ भाद्र।। मिथिलाञ्चलमा आज आस्था तथा निष्ठापूर्वक चौरचन पर्व मनाइँदै छ । सप्तरीसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्ला तथा सीमावर्ती क्षेत्र भारत विहारको केही क्षेत्रमा चौरचन पर्व मनाइने गरिन्छ । प्रत्येक वर्ष भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाइने चौरचन पर्वमा चन्द्रमालाई पूजा गरिन्छ । चन्द्रमालाई पूजा गरिने विधि नै चौठचन्द्र अथवा चौरचन हो […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध र नारावाजी गर्दै अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरु उठेर बेल घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो । प्रतिपक्ष सांसदबाट विरोध भइरहँदा सभामुख सापकोटाले तपाईहरुले उठाएका कुरा अदालतमा मुद्दा विचाराधीन रहेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र ।परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले अध्ययन र श्रमलगायत विभिन्न पेसा तथा व्यवसाय गरी विदेशमा रहेका नेपाली नागरिकका लागि आवश्यक कागजात विश्वसनीय, सरल र छिटोछरितो तुल्याउन स्थानीय तहसँग सहकार्य गर्ने जनाएको छ । सेवा प्रवाहलाई बढी प्रभावकारी तुल्याउन विभागले स्थानीय तहसँग सहकार्य गर्ने जनाएको हो । काठमाडौँ जिल्लाका महानगरपालिका तथा नगरपालिकाका […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र । रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका पूर्वमन्त्री मोहमद अफ्ताब आलमको मुद्दामा शुक्रबार पनि सुनवाइ नहुने भएको छ । थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा पेशी चढेको थियो । तर न्यायाधीश फुयालले हेर्न नमिल्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ भाद्र ।सप्तरीमा गए राति भएका छुट्टाछुट्टै घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक मिलनचोकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–५ कट्टीका ५५ वर्षीय लेल्है खंगके मृत्यु भएको प्रहरीले जनाएको छ । को७प ४४१० नंको मोटरसाइकलमा राजविराजबाट विष्णुपुर घरतर्फ जाने क्रममा विपरीत दिशाबाट […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र । सङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १ः०० बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन् । प्रतिनिधिसभा आजको बैठकमा शपथसम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ भाद्र । धनुषाको विदेह नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको विदेह नगरपालिका ६ एकराहीमा बिहिबार राति स्थानीय पल्टु महराकी ४० वर्षीया पत्नी दलितिया देवी महराको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो। प्रहरीका अनुसार ज ७ प ९८१२ नम्बरको मोटरसाइकलबाट पैदल यात्री महरालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।ठक्कर दिने […]