अजयकुमार साह जनकपुरधाम ,१४ कार्तिक । आज कोजाग्रत पर्व । विधिवतरुपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमीको समापन गरिदैंछ । महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । यद्यपि मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने चलन आफ्नै किसिमको छ । मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ । यस दिन पान, मखान, […]
न्यूजमधेश डेस्क राजविराज ,१३ कार्तिक ।अनुहार मलिन र चिन्तित मुद्रामा देखिने सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसवलपुरका जितन सदाको अनुहारमा अचेल छुटै रौनक र चमक देखिन्छ । वर्षौदेखि साहुमहाजनमा हरवा चरवाको रुपमा काम गर्दै आएका सदा साहुबाट मुक्त भएपछि जीवनमा छुट्टै आनन्दको अनुभूति गरिरहनु भएको छ । “बाबु साहुमा खेतीपाती गर्न हरवाको रुपमा काम गरिरहँदा म गाई […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ कार्तिक । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ । यातायात व्यवस्था विभागबाट बनेर तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै दुई सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाले फेला पारेका हुन् […]
दुर्गा देवकोटा कैलाली, १२ कार्तिक । नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका छैनन् । बलात्कार तथा यौजजन्य हिंसा भोगेका महिलाको जीवन अहिले पनि सुखद् छैन । देशमा शान्ति छायो, राजनीतिक परिवर्तन भयो, धेरै महिला नेतृत्वमा पुगे तर सशस्त्र द्वन्द्वमा बलात्कार तथा यौनजन्य […]
न्यूजमधेश डेस्क राजविराज ,१२ कार्तिक । एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने अर्कातिर ग्रामीण भेगमा किशोरीहरू बलात्कृत भइरहेका छन् । सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी शनिबार राति बलात्कृत भएकी छिन् भने अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ । घर नजिकैको बाँसघारीमा शौच गर्न […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ कार्तिक । सशस्त्र प्रहरीले आज महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्लाको ठूलोपात गाउँपालिका वडा नम्बर ९ बस्ने असिम भूजेल र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका बस्ने मनोज भुजेल रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरका प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले बताउनुभयो । दुवै जना […]
न्यूजमधेश सम्बादाता टिकापुर ,१२ कार्तिक । टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी रु. २० हजार बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गर्नुभएको हो । दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई […]
न्यूजमधेश डेस्क राजविराज ,१२ कार्तिक । पुर्व –पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिनुभयो । पुर्वबाट पश्चिम जाँदै गरेको […]