३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

न्यूजमधेश सम्बादाता
टिकापुर ,१२ कार्तिक । टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी रु. २० हजार बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गर्नुभएको हो । दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैँसी पाल्ने योजना बनाउनुभयो । ‘‘दुई भैँसी पालेर घाँस खेती समेत गरेकी छु’’, नेहा भन्नुहुन्छ, ‘‘ दुई भैँसीको साँझ बिहानको दैनिक १२ लिटर दूध बिक्री हुन्छ । मेरो घर राम्रै चलेको छ ।’’

उहाँ मेहनत र परिश्रम गरे सफलता र सन्तुष्ति प्राप्त हुने बताउनुहुन्छ । ‘‘घर खर्च चलाउन मात्र नभई आम्दानीका लागि भैँसीपालन राम्रो लाग्यो’’, नेहाले भन्नुभयो, ‘‘भैँसीले दूध दिन छोडेमा टीकापुरमै रहेको हाटबजारमा लगेर बेच्छु, अनि दुहुनो भैँसी किन्छु, म सन्तुष्ट छु ।’’

भैँसीपालन टीकापुर लगायतका क्षेत्रका गृहणी महिलाका लागि आम्दानीको गतिलो माध्यम भएको छ । घरमा बसेर व्यावसायिकरुपमा भैंँसीपालन गर्न थालेपछि यस क्षेत्रका महिलाले मनग्य आम्दानी गरिरहेका छन् । टीकापुर नगरपालिका वडा नं। ३ की तारा सुनारले पनि मासिक रु। १२ हजारसम्म आम्दानी लिइरहनु भएको छ । ‘‘ दूध बेचेको आम्दानीले घर राम्रै चलेको छ’’, सुनार भन्नुहुन्छ, ‘‘म पनि ब्यस्त हुन्छु, काम पाइन भन्ने तनाव पनि छैन ।’’

बजारमा दुधको माग बढिरहेको छ । बजारमा सहजै रुपमा डेरी, होटलले दूध खरिद गर्ने गरेका कारण महिलाहरु यसतर्फ आकर्षित भएका हुन् । महिलाले दूध बिक्री गरेर घर खर्च चलाएर बाँकी रकम बचत समेत गर्दै आएका छन् । वडा नं। ३ कै चन्द्रा ओडको पनि मासिक आम्दानी रु। १२ देखि १५ हजारसम्म हुन्छ । ‘‘आम्दानीको केही अंश घरखर्चमा मासिन्छ’’, ओडले भन्नुभयो, ‘‘ समूह र सहकारीमा मासिक बचत गरिरहेकी छु ।’’

स्थानीय दुग्ध उत्पादक सहकारी संस्था, कृषि विकास बैँक तथा अन्य लघुवित्त बैँकवाट भैँसी खरिदको लागि स्थानीय किसानलाई ऋण उपलब्ध भएपछि गृहिणी महिलालाई भँैसीपालन गर्न सहज भएको हो । देउराली भञ्च्याङ कृषि सहकारीका प्रवन्धक आशा चौधरी सहकारीले अहिलेसम्म १६ महिलालाई अनुदान सहितको ऋण भैँसीपालनका लागि दिएको बताउनुभयो ।

‘‘रु। ४२ हजार ब्याजमा ऋण दिन्छौँ । त्यो एक वर्षमा फिर्ता गर्नुपर्छ’’, प्रवन्धक चौधरीले भन्नुभयो, ‘‘भैँसी किनिसकेपछि गोठ निर्माणका लागि १८ हजार अनुदान दिन्छौँ । समुदायमा विपन्न नागरिकलाई समूहमार्फत् पनि लगानी छौँ ।’’ पहिले आम्दानी नभएर फुर्सदिला रहेका महिला भैँसीपालन गरेर मासिक रु। १० देखि १५ हजारसम्म आम्दानी गरिरहेका चौधरीले बताउनुभयो ।

टीकापुर नगरपालिकाले पनि यसरी व्यावसायिक रुपमा भैँसी तथा बङ्गुरपालन गर्न चाहनेलाई यसवर्ष पाडापाडी र बङ्गुरका पाठा हुर्काउने कार्यक्रम राखेको छ । किसानका मागअनुसार यसवर्ष ७५ प्रतिशत अनुदानमा भैँसीका पाडा र बंङ्गुरका पाठा खरिद गरेर दिने पशु शाखा प्रमुख श्यामराज पाण्डेले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]