न्यूजमधेश डेस्क सप्तरी ,२ कार्तिक ।पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उहाँका भतिजा अजयले जानकारी दिनुभयो । काठमाडौँमा बसोबास गर्दै आउनुभएका डा यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बस्नुभएको थियो । उहाँ चार दिनअघि अचानक […]
न्यूजमधेश डेस्क सर्लाही ,२ कार्तिक । प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले यात्रुलाई ठगिरहेका छन् । सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु राखेर ५० प्रतिशतभन्दा बढी भाडा लिन थालेका छन् । सवारी साधनमा भाडा दररेट नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिएको तथा भाडामा ५० […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१ कार्तिक : प्रदेश नंं २ का मख्यमन्त्री लालबाबु राउतले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकासका लागि प्रदेश सरकार हरेक किसिमको सहयोग गर्न तयार रहेको बताउनुभएको छ । प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कोरोना महामारीका बीचमा प्रयोगशालाले गरिरहेको योगदान निकै सराहनीय […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ असोज । वडा दशैँको शुभ अवसरमा तेस्रो रनिंग शिल्ड फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । कमला युवा क्लव कमला नगरपालिका वडा नम्बर ४ बरेरबाको आयोजनामा सुरु भएको प्रतियोगिता वडा अध्यक्ष पल्टु कबारीले उद्घाटन गरेका हुन् । धनुषाको कमला नगरपालिका वडा नम्बर ४ स्थित बरेरबामा सुरु प्रतियोगितामा ८ टिमको सहभागिता रहेको […]
अजय कुमार साह जनकपुरधाम ,२६ असोज । प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकारको ‘बेटी […]
न्यूजमधेश सम्बादाता झापा ,२६असोज । अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन शुरु गर्नुपर्ने पर्ने भएकाले विद्यालयले होल्डिङ सेन्टर हटाउन मेचीनगर नगरपालिका र वडा नं ६ मा निवेदन नै दिएको छ । विद्यालयका प्रधानाध्यापक […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ असोज । सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुहुँदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गर्नुभएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ असोज । पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि र पशुपन्क्षी प्राविधिकहरुले घरैमा सुविधा उपलब्ध गराउन थालेपछि सप्तरीको कञ्चनरुपका पशुपालन गर्ने किसान खुशी भएका छन् । पशुपन्क्षी विकास शाखा कञ्चनरुपका प्राविधिकहरुले घर–घरमा गएर किसानको मर्का सुनेर समाधान गर्न थालेकाले पशुपालन गर्ने किसान खुशी भएका हुन् । समस्या परेको बेलामा फोन गर्नासाथ सहजै प्राविधिकहरु […]