न्यूजमधेश डेस्क काठमाडौँ, १४ असोज।कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा […]
न्यूजमधेश डेस्क काठमाडौँ, १३ असोज। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका क्षेत्रीय कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । मन्त्रालयका सहसचिव डा. गोपीकृष्ण खनालले क्षेत्रीय प्रशिक्षण केन्द्रका भवन लगायत अन्य संरचना र जिन्सी सामाग्री सम्वन्धित प्रदेशलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नंं १ लाई ग्रामीण विकास प्रशिक्षण केन्द्र […]
न्यूजमधेश डेस्क काठमाडौँ,१३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको ७५ आँै महासभाका अवसरमा न्युयोर्कमा आज भएको ‘दिगो विकास कार्यसूची २०३० मा लगानी, कोभिड–१९ र त्यसपछिको समय’ विषयको उच्चस्तरीय बैठकलाई […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ असोज ।धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली आज धनुषा आइपुगेको छ । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको हो ।प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको टोली आज धनुषा पुगेर सरोकारवालासँग छलफल शुरु गरेको छ […]
न्यूजमधेश डेस्क सप्तरी ,७ असोज । ज्येष्ठ नागरिकको हत्या आरोपमा फरार रहेका महादेवा गाउँपालिका–१ बल्थीका ६० वर्षीय रवि यादवले आज प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले आरोपित यादवलाई इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलले कार्यालयमा उपस्थित गराएको बताउनुभयो । हत्याको उजूरी परेको जानकारी पाएपछि परिवारका सदस्यसहित इन्सेक सप्तरीको कार्यालय आएका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असोज । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेसँगै नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु भएको छ । नेपाली समयानुसार अपराह्न १२ बजे सो रेल नेपाली भूमिमा आइपुगेको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि दुई सेट डेमो ट्रेन आएको […]
न्यूजमधेश सम्बादाता चितवन, २ असोज । भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा यहाँका सरकारी कार्यालय डुबानमा परेका छन् । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखाहरु पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकेपछि सो क्षेत्र डुबानमा परेका हुन् । झण्डै एक साता यता नियमित परेको वर्षातसँगै यहाँका अधिकांश […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असोज । एउटा इन्जिन र चार बोगीसहितको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको छ । बिहीबार साँझ नेपाल भारतको सीमास्थित जयनगर स्टेशनमा आइपुगेको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको हो । रेल सेवा बन्द भएको झन्डै छ वर्षपछि सेवा विस्तार गरेर ब्रोडगेज रेल सेवा नियमित हुन लागेको नेपालको इतिहासमा […]