२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

अवैधरुपमा भारततर्फ लैजाँदै गरिएको १७५ बोरा सेतो मटर सशस्त्र प्रहरीद्वारा बरामद

न्यूजमधेश डेस्क राजविराज ,९ भदौ। सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका नाकाबाट अवैधरुपमा ठूलो परिमाणमा भारततर्फ लैजाँदै गरिएको सेतो मटर सशस्त्र प्रहरीले गए राति बरामद गरेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले भारततर्फ तस्करीका लागि डुङ्गामा लादिएको १७५ बोरा सेतो मटर बरामद गरेको सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले […]

नानीमैयाँ कटवाल सप्तरी ,८ भदौ । उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्–श्रीमती बन्धक भएका छन् । यहाँको अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र उहाँकी श्रीमती मलिया उपचार खर्च तिर्न नसक्दा बन्धक बन्नुभएको हो । खोला छेउको ऐलानी जमिनमा घर बनाएर बसेका भूमिहीन दलित मुसहर समुदायका दम्पतीसँग उपचार खर्च छैन […]

न्यूजमधेश  सम्बादाता नारायणपुर, ८ भदौ ।दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना सङक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका आठसहित नौ, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का एकमा कारोना सङक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिनुभयो । […]

अजय मिश्र कृष्णनगर, ८ भदौ ।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका- १२ बाट मेडिकल औषधी फेला पारी आज नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल कृष्णनगर वि. ओ. पि.बाट खडा गरिएको अस्थायी पोष्ट भदुईबाट सशस्त्र प्रहरी नायब निरिक्षक गणेश गिरीको कमाण्डमा खटिएको सात जनाको टोलीले उक्त मेडिकल औषधी बरामद गरेको थियो । विभिन्न किसिमका मेडिकल औषधि रहेको […]

गोपालप्रसाद बराल महोत्तरी,८ भदौ । धान खेत धाँजा फाटेर चिरा पर्दै जाँदा पिरोलिएका महोत्तरीका किसानलाई राहत भएको छ । आइतबार साँझदेखि झमझम परेको पानीले धानखेत टम्म भरिएपछि किसानले राहत महसुस गरेका हुन् । साउन मध्ययता राम्ररी पानी नपरेर भदौ लागेयता दिनहुँ चल्ने तातो बतासले खेत खङ्रङ सुकाएर धान पहेँलिन थालेपछि किसान पिरोलिएका थिए । “राम्रो […]

न्यूजमधेश सम्बादाता नवलपरासी, ८ भदौ।समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । सम्भावित सङ्क्रमितले स्वाब सङ्कलन गराउने तर स्वाब […]

न्यूजमधेश सम्बादाता सर्लाही ,८ भदौ । जिल्लाको वाग्मती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डका रूपमा विकासको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ । नगरपालिकाले गौरवको आयोजनाको रूपमा पोखरीको निमार्ण शुरु गरी दुई चरणको काम सम्पन्न गरेकोे हो । पहिलो चरणअन्तर्गत पोखरीको सम्पूर्ण डिजाइन तयार गरेर पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको नगर प्रमुख […]

न्यूजमधेश सम्बादाता काठमाडौँ, ७ भदौ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्यका लागि सामाजिक अभियान नै सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई आह्वान गर्नुभएको छ । जिल्ला समन्वय समिति महासंघ, नेपालले आज आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा उहाँले सुःखी, समृद्ध र समुन्नत राष्ट्र निर्माणका लागि महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य हुनुको विकल्प […]