न्यूजमधेश डेस्क इस्लामावाद,६ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमुद कुरेसीबीच शनिबार वार्ता भएको पाकिस्तानी पत्रिका ‘डन’ ले जनाएको छ । उक्त पत्रिकाका अनुसार उहाँहरुबीच शनिबार बिहान भएको वार्तामा हाल पाकिस्तानमा फैलिएको कोरोना भाइरसको महामारीका बारेमा कुराकानी भएको थियो । पाकिस्तानी विदेशमन्त्री कुरेसी हाल चीन भ्रमणमा हुनुहुन्छ । उहाँ चीनको दुई […]
नीरज गौतम नेपालगञ्ज, ६ भदौ । ‘बिहेवारी बीस वर्षपारी’ नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन् । जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएकाले चुनौती देखिएको बाल अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ । बाँके जिल्लामा बालविवाह कतिले […]
भावना लुइँटेल जीवनको २५ औं बसन्तमा म आफ्नो पढाइको सिलसिलामा अष्टेलियाको सिड्नी शहर पुगेको थिएँ । २५ वर्षको उमे सम्म आइपुग्दा जीवन कसैका लागि रमाइलो हुन्छ भने कसैका लागि अनुभवहरूको संग्रह । मेरा लागि भने अनुभवहरूको संगालो थियो । २५ वर्षको अनुभवले मलाई ३५ वर्षको बनाएको थियो । मेरो आफ्नै जीवनका अनुभवहरूको अलिखित कथाहरूको शब्द […]
न्यूजमधेश डेस्क काठमाडौँ, ६ भदौ। नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा। अन्जान शाक्य र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्रमन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको सो दूतावासले जानकारी दिएको […]
न्यूजमधेश डेस्क सिरहा ,६ भदौ ।मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको […]
न्यूजमधेश डेस्क काठमाडौँ, ६ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्वार गर्न सरकारसमक्ष पुनः माग गरेको छ । काँग्रेसले सरकारको पछिल्लो निर्णअनुसार विदेशमा अप्ठ््यारोमा परेका नेपालीलाई उद्धार गर्दा मानवीय भावना कम उद्धारमा व्यापारको मस्तिष्क धेरै खपत […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,६ भदौ। धनुषासहितका मिथिला क्षेत्रमा कोभिड–१९ को सन्त्रासबीचनै आज चौरचन पर्व मनाइदैछ । मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ । अहिले प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा जारी छ । पछिल्लो पटक भदौ–१ गते नै जिल्ला प्रशासन कार्यालयहरुले भदौ–१० गतेसम्मलाई निषेधाज्ञा जारी गरेका छन् । महाब्याधीको सङ्क्रमण जोखिम बढ्दै जाँदा यसलाई […]
न्यूजमधेश सम्बादाता नयाँदिल्ली, ५ भदौ । भारतका कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये ७४ प्रतिशतभन्दा बढी सङ्क्रमणमुक्त भएको पाइएको छ । भारतमा अहिलेसम्म कुल २९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । तीमध्ये झण्डै ६७ हजार जना पछिल्लो २४ घण्टामा थपिएका हुन् । कुल सङ्क्रमितमध्ये २१ लाख ५८ हजार ९४६ जना सङ्क्रमणमुक्त भएका छन् । शुक्रबारसम्मको तथ्यांक अनुसार कुल […]