३० चैत्र २०८२, मंगलबार
14-04-2026 , Tue
×

मिथिलामा चौरचन पर्व मनाइँदै

Logo
प्रकाशित शनिबार, भाद्र ०६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,६ भदौ। धनुषासहितका मिथिला क्षेत्रमा कोभिड–१९ को सन्त्रासबीचनै आज चौरचन पर्व मनाइदैछ । मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ । अहिले प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा जारी छ ।

पछिल्लो पटक भदौ–१ गते नै जिल्ला प्रशासन कार्यालयहरुले भदौ–१० गतेसम्मलाई निषेधाज्ञा जारी गरेका छन् । महाब्याधीको सङ्क्रमण जोखिम बढ्दै जाँदा यसलाई छल्न जारी गरिएको निषेधाज्ञाभित्रै मैथिल (मिथिलाका बासिन्दा) आफ्ना परम्पराभित्रका चाडपर्व मनाउँदै छन् ।

चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा (पिरुकीया) र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलपूmल र वस्त्रआभूषण चढाइने परम्परा छ । पर्वको तयारीमा अहिले मैथिल (मिथिलाका बासिन्दा) हिन्दूहरु आफ्नो सामग्री जुटाउने तयारीमा छन् । पर्वमा घरमूली महिला दिनभरि निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । ब्रतालुले एक दिनपूर्व नै ब्रत सङ्कल्प गरेर चोखोनितो भई बस्ने र सात्विक भोजन गर्ने परम्परा छ ।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन (चतुष्कोण यज्ञस्थल) मा दिप प्रज्वलित गर्दै घरमूली ब्रतालुले फलपूmल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर ब्रत समापन गर्ने परम्परा छ । खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य परिकार तथा केरा र मौसमअनुसारका फलपूmल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद ख्वाएपछि यो पर्व सम्पन्न गरिने परम्परा छ । अरिपन चामलको पिठोले रेखाङ्कित गरिन्छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्र दर्शन शास्त्रीय मान्यताले दोषपूर्ण मानिएकाले ब्रत बसेर मिष्ठान्न परिकार र फलपूmल देखाएर दोष मेटाउने प्रचलन चलेको मैथिली संस्कृतिका जानकार बताउँछन् । यो ब्रतको प्रभावले मिथ्या दोष नलाग्ने मैथिल जनविश्वास रहेको याज्ञबल्क्य लक्ष्मीनारायण बिद्यापिठ मटिहानी, महोत्तरीका साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

गाउँघर बस्तीमा राती सानातिना बिग्याँई गर्दा छिमेकीले गाली गरेपछि चन्द्र दर्शनको दोष मेटिने विश्वास रहेको छ । तर, दोष मेटाउन बिग्याँई गर्न पर्ने पुरानो परम्पराभने ठिक नरहेको नयाँ पुस्ताका युवा बताउँछन् । प्रदेश—२ भरि नै उल्लास र भक्तिसाथ मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिएको पाइन्छ । यसपाली कोविड–१९ महाब्याधीको सन्त्रासले चाडपर्वको उल्लास हराएको छ ।

यसअघि महिना दिन पहिले नै शुरु हुने महिलाले मनाउने तीज पर्वको पनि कुनै रमझम देखिएन । हिजो शुक्रबार घरघरै उपवास बसेर यस भेगका महिलाले तीज पर्व मनाएका छन् । तीजविशेषका सार्वजनिक कुनै कार्यक्रम यसपाली देखिएन । त्यसैगरि गतचैतयताका सबैजसो धर्म सम्प्रदायका चाडपर्व यसपाली अत्यन्त सामान्य तरिकाले कतै भिडभाड नगरी मनाइँदै आइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]