न्यूजमधेश सम्बादाता काठमाडौं,१५ श्रावण । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी […]
न्यूजमधेश सम्बादाता वीरगन्ज,१५ श्रावण ।नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना बारा र बाँकी सबै पर्सामै बस्दै आएकाहरू हुन् । नारायणी अस्पतालको क्वार्टरमा बस्ने ११ स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित भएका छन् । अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ श्रावण । आज साउन १५ अर्थात खीर खाने दिन हो । असार १५ मा दही चिउरा खाएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । विज्ञहरूले खीरलाई सांस्कृतिक पर्वको परिकारसँगै औषधिय गुण खानेकुराको रूपमा समेत अर्थ्याउने गरेका छन् । मानिसमा रोगसँग लड्ने क्षमता बढाउनमा खिर उपयोगी […]
न्यूजमधेश सम्बादाता महेन्द्रनगर ,१५ श्रावण । दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको बताउनुभयो । प्रहरीका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ । भारतले लामो समयदेखि […]
न्यूजमधेश डेस्क महोत्तरी ,१४ श्रावण। महोत्तरीको सदरमुकाम जलेश्वरमा आज करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–८ बस्ने सञ्जय राउतका छोरा १७ वर्षीय रुपेश राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । जलेश्वर नगरपालिका वडा नं. १ स्थित डायमण्ड इन्जिनीयरिङ वर्कशपमा काम गर्दै आएका कामदार राउत […]
न्यूजमधेश डेस्क सिरहा ,१४ श्रावण। अविरल वर्षासँगै सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित कटनियाँ नदीको कल्भट भत्किँदा सडक अवरुद्ध भएको छ । कटनियाँ नदीमा आएको बाढीका कारण कल्भट भत्किँदा भारतीय सीमावर्ती बरियारपट्टी बजारसम्म जोडिएको सो सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा जिल्लाको बरियारट्टी गाउँपालिकासहित जिल्लाको सुखीपुर नगरपालिका र धनगढीमाई नगरपालिकाको विभिन्न वडाका स्थानीयवासी समस्यामा परेका […]
गोबिन्द ठाकुर जनकपुरधाम ,१४ श्रावण । धनुषाको औरही गाउपालिका वडा नं ५ हरुसाहामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १० लाखको लागतमा सोनाई बाबा भजन किर्तन मण्डली भवन र घेरबेरा बनाई आज एक कार्यक्रमका बिच उद्घाटन गरेको छ। कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा […]
न्यूजमधेश सम्बादाता काठमाडौं, १४ श्रावण ।जनता समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौलाले आज बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराएका छन् । जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाहीमा गरी समानुपातिक पद्धतितर्फ उनको ठाउँमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको […]