२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

नेपालमा हालसम्म कोरोनाबाट ५२ जना मृत्यु

न्यूजमधेश सम्बादाता काठमाडौं,१५ श्रावण । नेपालमा विहीबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार वीरगन्जका २ जना र मोरङका १ जनाको करोनाले मृत्यु भएको पुष्टि भएको हो […]

न्यूजमधेश सम्बादाता नयाँ दिल्ली ,१५ श्रावण । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार १२३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ८३ हजार ७९२ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका […]

गोपाल बराल महोत्तरी, १५ श्रावण ।साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा बढ्ने राखी रक्षाबन्धन पर्वको चहलपहल यसपटक भने देखिएको छैन । कोविड–१९ को महाव्याधीको त्रासले अझै राम्ररी सार्वजनिक यातायात सञ्चालनमा आएका छैनन् र यसले गर्दा सीमा क्षेत्रको (नेपाल–भारत) आउजाउ पनि सहज छैन । सिनेमा घरहरु सञ्चालनमा आएका छैनन् भने घरचोकमा पनि राखीको रौनक देखिएको […]

न्यूजमधेश डेस्क जलेश्वर ,१५ श्रावण । महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाउनुभएको छ । उहाँले अति आवश्यक कामबाहेक आजदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका […]

न्यूजमधेश सम्बादाता सर्लाही ,१५ श्रावण ।हरिपुर नगरपालिका वडा नम्बर ९  हजार बिघा मूर्तियामा पोखरी खन्ने क्रममा पुरातात्विक महत्वका आकृति फेला परेका छन् । पोखरी खन्ने क्रममा नजीकै रहेको माटोको ढिस्को सम्याउँदा तीन तला भएको एक फिट उचाइ भएको शिवलिङ्ग र शिवलिङ्गको भाग फेला परेको वडाध्यक्ष तुलसी लुइँटेलले जानकारी दिनुभयो । मूर्तियामा ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर […]

न्यूजमधेश सम्बादाता कैलाली,१५ श्रावण । अविरल वर्षापछि आएको बाढीका कारण कैलालीमा हजारौं नागरिक विस्थापित भएका छन् । मङ्गलबार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिकाका नागरिक विस्थापित भएका छन् । भजनीमा दुई हजार २०० परिवार विस्थापित भएका छन् । भजनीका करिब १० हजार नागरिकलाई उच्च स्थानमा सारिएको स्थानीयवासी कुशुम धामीले जानकारी दिनुभयो । भजनीमा […]

न्यूजमधेश सम्बादाता काठमाडौं,१५ श्रावण । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यमाथि प्रश्न उठाएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारवाही गरेको जनाउँदै समितिको कार्यमाथि प्रश्न उठाएका हुन् । नेता पौडेलले गत निर्वाचनमा पार्टीका आधिकारिक […]

न्यूजमधेश सम्बादाता काठमाडौं,१५ श्रावन । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि रूपमा बढेको छ । बुधबार प्रतितोला रु ९८ हजार ५०० मा कारोवार भएको पहेँलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार कायम भएको छ […]