१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

भोकमरीको चिन्ता

न्यूजमधेश सम्बादाता राजविराज,२० चैत्र । राजविराज नगरपालिका– ५ स्थित भित्री सडकमा पक्की घरका बीचमा एउटा पुरानो फुसको घर छ । निम्न वर्गका तीन÷चार जनाको परिवार डेरा लिइ बहालमा बस्ने सो घरमा अशोक सहनीको सानो एक कोठे डेरा छ । श्रीमती र पाँच छोराछोरीसँगै उहाँ त्यहाँ बस्नुहुन्छ । श्रीमतीले भने छोराछोरीको दिनभर हेरविचार गर्नुहुन्छ । अशोक […]

न्यूजमधेश सम्बादाता तुलसीपुर ,२० चैत्र । दाङमा आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । गढवा गाउँपालिका वडा नं ६ मनिकापुुरमा आज अपराह्न करिब ४ः०० बजेतिर आगलागी हुँदा तीन घर, दुई गोठ, एक घुम्ती पसल र दुई भान्साघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीय विष्णुु रानाको घर तथा भान्साघर, भक्तबहादुुर […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,२० चैत्र । नेपालमा कोभिड–१९ को सङ्क्रमित सङ्ख्या ‘छ’ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या छ पुगेको जानकारी दिनुभएको हो । उहाँका अनुसार सङ्क्रमित व्यक्ति बाग्लुङकी महिला हुनुहुन्छ । यही चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२० चैत्र।भगवान रामको ससुराली जनकपुरधामको जानकी मन्दिरमा जन्मोत्सव (रामनवमी )को सबै तयारी पुरा भइसकेकोछ ।‘भगवानको जन्मोत्सव विधिबिधान पूर्वक मनाइनेछ’जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए उनले भने, श्रद्धालु भक्तजनहरुको सहभागिता बिना नै सबै आयोजन हुने भएको छ। मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सव(रामनवमी) पर्वलाई जानकी मन्दिरले बिधिपूर्वक मनाउने भएकोछ ।विहिवार भगवान रामको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१९ चैत्र । कोरोनाको आशंकमा प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालको आइसोलेशनमा भर्ना भएका दुबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब विभागकी प्याथोलोजिस्ट डा. स्वेना ठाकुरले जानकारी दिइन् । उनका अनुसार भारतबाट केहि दिन अगाडि आएका ती दुई व्यक्तिमा रुघाखोकी र ज्वरो देखिएपछि अस्पतालमा भर्ना […]

न्यूजमधेश सम्बादाता वीरगंज ,१९ चैत्र। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न लगाएको लकडाउन उलंघन गर्ने ३५२ जना भारतीय नागरिकलाई नियन्त्रमा लिएको छ।वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । देशको विभिन्नस्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१९ चैत्र। प्रदेश २ सरकारले स्थापना गरेको विश्वव्यापी रुपमा फैलिएको कोरोना भारइस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले रु पाँच लाखको सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई आज जनकपुरस्थित बैंकका प्रतिनिधिले रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । यसअघि सो कोषमा सिद्धार्थ बैंक, कृषि विकास बैंक र […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१९ चैत्र ।विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले लगाएको लकडाउनको समयमा दिनकमाउने रात खाने अति विपन्न परिवारलाई स्थानीय विद्यार्थीले राहत वितरण गरेको छ। मंगलबार सिरहाको सुखिपुर नगरपालिका वडा नं.८ मा स्थानीय विधार्थी नेता नितेश कुमार यादबको अगुवाइमा अति विपन्न ५ घरपरिवारलाई राहत वितरण गरेको छ। विद्यार्थी नेता यादवका अनुसार विद्यार्थीहरुको […]